उपत्यका बाहिरका २ होटेल प्रयोगमा ल्याइँदै

|

काठमाडौं : कोरोना भाइरसका कारण विदेशबाट उद्धार गरी नागरिकलाई सहज व्यवस्थापन गर्न सरकारले राजधानी र राजधानी बाहिरका विभिन्‍न होटल तोकेको छ।

तेस्रो मुलुकबाट ल्याइएकालाई क्‍वारेन्टाइन बनाएर राख्‍न जिल्ला प्रशासन कार्यालयले काठमाडौं उपत्यकाभित्र सञ्चालनमा होटललाई प्रयोगमा ल्याउने निर्णय गरेको हो।

क्‍वारेन्टाइनका रुपमा काठमाडौं उपत्यकाका ४६ वटा होटल र उपत्यका बाहिर २ वटा होटल प्रयोगमा ल्याइने भएको हो। रुपन्देहीको ड्रिमल्याण्ड रिसोर्ट र पोखराको स्वीस इन्टरनेशनल होटल सरोवरलाई प्रयोगमा ल्याइने भएको छ।

काठमाडौं जिल्ला प्रशासनको विज्ञप्तिमा भनिएको छ,'जिल्ला संकट व्यवस्थापन २०७७ क्र.सं. ५ अनुसार आफ्नै खर्चमा होटल क्‍वारेन्टाइनमा बस्‍ने व्यक्तिहरुका लागि आदेश कार्यान्वयन गर्न यो कार्य योजना स्वीकृत गरिएको छ।'

होटेलको सूची

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.