|

गुल्मी : मा क्‍वारेन्टाइनमै बसेका एक जनाले सँगै बसेका साथीको नगद र मोबाइल चोरी फरार भएका छन्। 

जिल्लाको मालिका गाउँपालिका ८ मालिका माध्यमिक विद्यालयको क्‍वारेन्टाइनमा बस्दै आएका ३५ वर्षीय राजेन्द्र परियार नाम बताउने व्यक्तिले चोरी गरेका छन्। उनले जेठ २० गते क्‍वारेन्टाइनमै बसेका साथीको नगद १० हजार र एउटा १६ हजार पर्ने मोबाइल चोरेर फरार भएका वडाध्यक्ष टीका जिसलिे जानकारी दिए।

राति नै नगद र मोबाइल चोरेर उनी फरार भएका वडाध्यक्षले जानकारी दिए। जेठ १० गते ती व्यक्तिले भारतबाट आएका बताए पनि उनी भारतबाट भने नआएका वडाध्यक्षले बताए। 

उनी जेठ १० गते बुटबलको शिद्धबाबामा बस रोकी आफू भारतबाट आएको भन्दै जिल्ला ल्याइँदै गरेका १४ जनाको समूहमा पसेका थिए। ग्रुपमा आएका त्यी युवाले आफ्नो पुरानो साथीको मोबाइल र दर्लिङका क्‍वारेन्टाइनमा बसेका साथीको नगद १० हजार चोरी गरी फरार भएका थिए। उनको नियत नै चोरीमा संलग्न भएजस्तो लागेको र भारतबाट आएको बाहाना मात्रै बनाएका घटनापछि थाहा भएकाे जिसीले बताए।

उद्यपि ती फरार व्यक्ति मोबाइलसहित प्युठानमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख एसपी राजेन्द्रसिंह खडकाका अनुसार फरार ती युवा प्युठान प्रहरीको समन्वयमा फेला परेका जानकारी दिए।

प्युठानको मच्छी र बिजुवाको बीच भागमा उनी समातिएका र  उनको साथमा चोरी गरेको मोबाइलसमेत फेला परेको छ। पैसा भने उनले खर्च गरिसकेका प्रहरीले बताएको छ। 

उनलाई प्युठानमै क्‍वारेन्टाइनमा राख्ने या गुल्मी ल्याउने भन्ने बारेमा समन्वय भइरहेको प्रहरीले जनाएको छ। फरार व्यक्ति यसअघि पनि चोरी कार्यमा संलग्न हुँदै आएको र उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.