|
फोटोहरु : दिपक केसी

काठमाडौं : माओवादीले जनयुद्ध सुरु गरेको आइतबार २१ वर्ष पूरा भएको छ। तत्कालीन नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गते सशस्त्र जनयुद्ध सुरु गरेको थियो। त्यसै दिनको सम्झनामा उसले प्रत्येक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउदै आएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्रले पार्टी कार्यालय पेरिस डाँडामा जनयुद्ध दिवस मनायो। पेरिसडाँडामा प्रचण्डसँगसँगै जनयुद्धमा संलग्न नेताहरु रामबहादुर थापा 'बादल', पम्फा भुसाल, दीनानाथ शर्मा, हरिबोल गजुरेल, मन्त्रीहरु सुरेन्द्रकुमार कार्की, जनार्दन शर्मा, अजयशंकर नायक, दलजीत श्रीपाइली लगायत माओवादी नेता कार्यकर्ताको उपस्थिति थियो।

प्रचण्ड लगायत नेताले पेरिस डाँडामा रहेको 'जनयुद्धका सहिद तथा वेपत्ता योद्धा स्मृति स्तम्भ' मा माल्यार्पण गरेका थिए। त्यस्तै अन्य नेताले पनि माल्यार्पण गरेका थिए। जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताले एक अर्कालाई टीका लगाएर खुशियाली साटासाट गरेका थिए। 

कार्यक्रमलाई प्रचण्डले मात्रै सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा प्रचण्डले माओवादी जनयुद्धले नेपालमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशीता लगायत जनतामा राजनीतिक चेतना दिएको बताए। 'राज्यद्वारा सबैभन्दा बढी उत्पीडनमा पारिएका महिला दलित मधेसी लाई नयाँ चेतनाद्वारा सम्पूर्ण शक्तिका साथ परिवर्तनमा होमिने प्रवाह सृष्टी गर्‍यो', उनले भने, 'केहीवर्ष अगाडिसम्म संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आउने कुरा धेरै कम मानिसहरुले मात्रै गर्थे तर जनयुद्धले त्यस्तो परिस्थिति सिर्जना गर्‍यो जसबाट हजारौं वर्ष पुरानो सामन्ती तन्त्रको अन्त गर्ने र गणतन्त्रमा जान बाटो प्रशस्त गर्‍यो।'

हेर्नुस् फोटोहरु:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.