|

बर्दिया : बर्दियामा आज एकैदिन २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। केही दिन पहिले भारतबाट रोजगारी गरेर घर फर्किएका बर्दियाका ५ पालिकाका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले जानकारी दिए।

आज थपिएकामध्ये बर्दियाको गुलरिया नगरपालिकामा ११ जना, राजापुर नगरपालिकामा ५ जना, बाँसगढी नगरपालिकामा ५ जना, मधुवन नगरपालिकामा ४ जना र बढैयाताल गाउँपालिकामा ३ जना गरी २८ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ।

गुलरिया नगरपालिका वडा नम्बर ३ का ९ जना, वडा नम्बर ६ का १ जना र वडा नम्बर १० का १ रहेका छन्। राजापुर नगरपालिका वडा नम्बर १० का ३ जना र वडानम्बर ८ का २ जना रहेका छन्।

यसैगरी बाँसगढी नगरपालिका वडा नम्बर ९ का ३ जना, वडा नम्बर २ का १ जना र वडा नम्बर ६ का १ जना रहेका छन्। यस्तै मधुवन नगरपालिका वडा नम्बर २ का २ जना र वडा नम्बर ५ का २ जना रहेका छन्। र बढैयाताल गाउँपालिका वडा नम्बर ७ का २ जना र वडा नम्बर ६ का १ जना रहेका छन्।

संक्रमित सबै जना क्वारेन्टिनमा बसिरहेका र उनिहरुको आरडिटि परीक्षणमा पोजेटिभ देखिएपछि स्वाब संकलन गरि पिसिआर गरिएको जनस्वास्थ्य निरिक्षक कृष्ण गोपाल चौधरीले बताए। बाँकेको भेरी अस्पतालमा गरिएको स्वाब परिक्षणका क्रममा २८ जनामा कोरोना पुष्टि भएको हो।

जिल्लामा संक्रमितको संख्या ४१ पुग्‍यो

शनिबार एकैदिन २८ जना संक्रमित थपिएसँगै बर्दियामा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ। यसअघि १३ जना संक्रमित रहेका थिए। संक्रमित मध्ये बर्दिया गुलरिया ११ लालपुरका र राजापुर ५ की वालिका निको भएर घर फर्किसकेका छन्।

६ नगरपालिका र २ गाउँपालिका रहेको बर्दियामा अहिलेसम्म ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकामा भने कोरोना संक्रमित भेटिएका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.