|

डडेल्धुरा : डडेल्धुरामा एक सुत्केरीमा कोरोना संक्रमण पुष्टि भएको छ। नवदुर्गा गाउँपालिका-४ सिरोडकी २१ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो।

धनगढीस्थित कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलाको रिपोर्ट पोजेटिभ आएको डडेल्धुरा अस्पालका निमित्त मेडिकल सुपरिडेन्टेन्ट डा जगदीशचन्द्र विष्टले जानकारी दिए।

उनका अनुसार नवदुर्गा गाउँपालिका-४ सिरोडस्थित क्वारेन्टाइनबाट सुरक्षित तरिकाले प्रसूतिका लागि जेठ २१ गते अस्पताल आएकी थिइन्। उनको २१ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरी धनगढी पठाइएको थियो।

२३ गते बिहान साढे १० बजे सुरक्षित तरिकाले अस्पतालमा शिशु जन्माएकी उनको शनिबार कोरोना रिपार्ट पोजेटिभ आएको हो। कोरोना रिपोर्ट आएपछि उनीसहित शिशुलाई अस्पतालाको आइसोलेनमा भर्ना गरिएको छ। आमा र शिशुको स्वास्थ्यअवस्था सामान्य रहेको अस्पालले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.