दुई स्थानीय तहमा संक्रमितको संख्या एक सयभन्दा बढी

|

कपिलवस्तु : जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय २३ पुगेको छ। आज शनिबार कपिलवस्तुमा ४८ जना कोरोना संक्रमित थप भएका छन। 

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शनिबार दिउँसो महाराजगन्ज नगरपालिकामा ३१ पुरुष र ६ महिला , यशोधरा गाउँपालिकामा १ पुरुष १ महिला, विजयनगर गाउँपालिकामा ५ पुरुष, बुद्धभूमि नगरपालिकामा ४ पुरुषमा संक्रमण देखिएको छ। थप भएका संक्रमित ४ देखि ५५ वर्ष उमेर समूहका रहेका जिल्ला कोरोना भाइरस फोकल पर्सन कुमार थापाले बताए। 

देशको सबैभन्दा बढी संक्रमण भएको जिल्ला कपिलवस्तु बनेको छ। 

यशोधरा गाउँपालिकामा १ सय ३७ जनामा, महाराजगन्जमा १ सय २ जना, मायादेवी गाउँपालिका ५३ जना, कृष्णनगर नगरपालिकामा ५२ जना, शिवराज नगरपालिकामा ४८ जना, शुद्धोधन गाउँपालिकामा ३० जना, कपिलवस्तु नगरपालिका २९ जना, बुद्धभूमि नगरपालिका २९ जना, बाणगंगा नगरपालिकामा २२ र विजयनगर गाउँपालिकामा २१ जना कोरोना संक्रमित पुगेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.