सर्लाहीमा थपिए २७ संक्रमित

|

जनकपुरधाम : प्रदेश २ मा शनिबार ८३ जना कोरोना संक्रमित थपिएसँगै प्रदेशभर संक्रमितकाे संख्या एक हजार नाघेको छ।

शनिबार सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले प्रदेश २ मा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार सप्तरीमा ७, धनुषामा ८, महोत्तरीमा ३५, सर्लाहीमा २७ र रौतहटमा ६ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार शुक्रवार दिउंसो ४ बजेसम्म कोरोना संक्रमितको संख्या ९८१ रहेको थियो । पछिल्लो २४ घण्टामा ८३ जना थपिएसंगै प्रदेशमा कोरोना संक्रमित १ हजार ६४ पुगेको सचिव घिमिरेले बताए ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.