|

गुल्मी : गुल्मी जिल्लामा  चार हजार १३८ जना क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।

जिल्लाको रेसुंगा नगरपालिकामा ३९६, मुसिकोट नगरपालिकामा ६३९, रुरुमा २२६ ,चन्द्रकोटमा १९०, छत्रकोटमा ४१८, इश्मामा ५५१, मालिकामा २८८, धुर्कोटमा ४७२, कालीगण्डकीमा ९८, सत्यवतीमा २२६, गुल्मीदरवारमा ३९० र मदाने गाउँपालिकामा २४४  जना गरी कुल चार हजार  १३८ जना क्वारेन्टाइनमा रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए।

क्वारेन्टाइनमा रहेकामध्ये ४१० जना महिला र तीन हजार ७२८ जना पुरुष रहेका छन्। उनीहरु मध्ये अधिकांश भारतबाट आएका छन्।

जिल्लामा  स्थानीय तहले तयार बिभिन्न १९५ वटा स्थानका  क्वारेन्टाइनमा चार हजार ७२२ बेड  रहेका छन्। हालसम्म क्वारेन्टाइनमा रहेका ५९८ जनाको आरडिटि गरिएकोमा  १० जनाको पोजेटिभ आएको र बाँकी ५८८ जनाको नेगेटिभ  आएको छ।

जिल्लामा ६१ बेडको आइसोलेसन

जिल्लाका विभिन्न स्थानीय तहमा रहेका आइसोलेसनमा ६७ बेडको क्षमता रहेको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ। 

जसमध्ये रेसुंगा नगरपालिकामा २० बेड, चन्द्रकोटमा ८ ,छत्रकोटमा ३ ,धुर्कोट गाउँपालिकामा २० बेड  र सत्यवतीमा १० बेडको गरी कुल ६१ बेडको आइसोलेसन रहेको उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.