संक्रमितको संख्या ९२ पुग्यो

|

सल्यान : सल्यानमा एकै दिन ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा उनीहरुको परीक्षण गरिएको हो। 

कोरोना पुष्टि भएका सबै वनगाड कुपिण्डे नगरपालिकाका रहेका छन्। वडा न १ का १८, २० र ३४ वर्षका पुरुष, वडा न २ का २० वर्षीय पुरुष र २१ वर्षीया महिला रहेका छन्। 

यस्तै वडा न ३ का १४, १८, २४, २४, ३२, ३४, ३४, ३८, ४०, ४२ र ५७ वर्षका पुरुष, वडा न ४ का २०, २१, ३०, ३०, ४२ र ५५ वर्षका पुरुष, वडा न ५ का १९ र २० वर्षका पुरुष र २१ वर्षीया महिला छन्।

यस्तै वडा न ६ का १९, २०, २०, २०, २४, २४, २४, ३१, ३६, ४० वर्षका पुरुष, वडा न ७ का १९, २५ र २५ वर्षका पुरुष रहेका सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

जिल्लामा संक्रमितको संख्या ८९ पुग्यो 

शनिबार एकै दिन ३८ जना संक्रमित थपिएसँगै सल्यानमा संख्या ८९ पुगेको छ। संक्रमितमध्ये बनगाड कुपिण्डे नगरपालिकाका ४२, दार्मा गाउँपालिकाका ९, कुमाख गाउँपालिकाका २ र कपुरकोट गाउँपालिकाका १ जना छन्। 

तीमध्ये १३ जनाको सुर्खेत प्रदेश अस्पताल, १२ जना सल्यान अस्पताल र बाँकी ५७ जनाको सल्यान बहुमुखी क्याम्पसमा निर्माण गरिएको आइसोलेसनमा उपचार भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.