भिडियो बनाई सार्वजनिक गर्ने दुईजना पक्राउ

|
सांकेतिक फोटो

  • भुपाल थापा-

कपिलवस्तु : दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका युवकको विश्वासमा पर्दा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ। प्रेमीले बोलाएपछि जिल्लाको पकडी बजार नजिकैको सिसौघारीमा पुगेकी युवती फिल्मी शैलीमा सामुहिक बलात्कारको शिकार भइन्।

सात जनाको उक्त समूहले माघ २६ गते १७ वर्षकी युवतीमाथि सामूहिक बलात्कार गरेको कपिलवस्तुका प्रहरी प्रमुख भोजजंग शाहले बताए। बलात्कारपछि सामाजिक सञ्जालमा भिडियो अपलोड भएपछि प्रहरीले घटनाबारे थाहा पाएको हो।

पकडी गाविस– ४ पिचुर्खीका २० बर्षीय बब्लु भनिने अब्दुल रसिदले आफ्नी प्रेमिकालाई डेटिङका लागि बजार नजिकैको जंगलमा बोलाएका थिए। त्यसै क्रममा घटना भएपनि डर र त्रासका कारण युवतीले घटना सार्वजनिक गरेकी थिइनन्। तर उक्त घटनाको पाँचवटा भिडियो क्लिप सार्वजनिक भएपछि प्रहरीले थाहा पाएको हो। पाँचवटा क्लिपमध्ये तीनवटा प्रहरीले बरामद गरिसकेको छ।

भिडियोको आधारमा घटनाबारे थाहा भएको कपिलवस्तुका प्रहरी उपरीक्षक भोजजंग शाहले बताए। “घटना माघ २६ गते घटेको भए पनि माघ २९ गते हामीलाई थाहा भयो,” उनले भने।

घटनापछि युवती र उनको अभिभावकलाई पीडक पक्षले प्रहरीमा उजुरी दिए ठीक नहुने धम्की दिएको प्रहरी स्रोतले जनाएको छ। धम्कीपछि ती युवती र उनका परिवार रुपन्देहीको भैरहवामा लुकेर बसेका थिए। उनीहरुलाई खोजबिन गरी भैरहवाबाट कपिलबस्तु प्रहरी कार्यालयमा भिकाइएको प्रहरी प्रमुख शाहले बताए।

सार्वजनिक गरिएको भिडियोका आधारमा पकडी गाविस–४ पिखुर्खीका बब्लु भनिने अब्दुल रसिद र २६ बर्षीय राहत हुसेनलाई पक्राउ गरिएको उनले जानकारी दिए। प्रहरी उपरीक्षक शाहले घटनाको अनुसन्धान र फरार युवाहरुको खोजी भइरहेको बताए। युवतीको भारतको सिद्धार्थनगर जिल्ला लोटन थाना भन्ने ठाउँमा विवाह भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.