|

काठमाडौं : नेपाल इन्स्योरेन्स लिमिटेडले नुवाकोटको तारकेश्‍वर गाउँपालिकास्थित क्‍वारेन्टाइनमा रहेका नागरिकलाई माक्स, स्यानिटाइजर र ग्लब्स वितरण गरेको छ।

स्थानीय सञ्‍चारकर्मी विष्णु तारुकेको आग्रहमा इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत सर्जिकल माक्स ४ सय थान, स्यानिटाइजर ५ लिटर र ग्लोप्स वितरण गरेको हो। 
आइतबार तारकेश्‍वर गाउँपालिका वाड नं. २, ३ र ४ मा विदेशबाट आएर क्‍वारेन्टाइनमा बसेकाहरुलाई स्वास्इा सामाग्री वितरण गरिएको हो।

हाल तारकेश्‍वर गाउँपालिकामा २ सय ४१ जना क्वारेन्टाइनमा रहेको गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्तीले बताए। आइबतबार तारकेश्‍वर गाउँपालिका-२ स्थित पिपलडाँडा मावि र ४ स्थित सरस्वती माविलाई स्वास्थ्य सामाग्री वितरण गरिएको सञ्‍चाचारकर्मी तारुकेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.