|

काठमाडौं : राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले बजेट निर्माणका क्रकमा अर्थमन्त्री डा. युवराज खतिवडाले व्यापारीहरुसँग करोडौं कमिसन लिएको दाबी गरेका छन्। 

संघीय संसद राष्ट्रिय सभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै रायमाझीले अर्थमन्त्री खतिवडाले केही ठूला व्यापारिक घरानासँग मिलेर अर्थमन्त्री खतिवडाले चक्लेट र विद्युतीय सवारीमा कर बढाएको बताए। 

उनले सरकारले बेवास्ता गरेका व्यवसायीहरुलाई कर तिर्नका लागि ऋण दिन अर्थमन्त्रीलाई आग्रह गर्दै त्यसको जमानी आफू बस्‍नेसमेत बताए। 

‘विशाल ग्रुप जो विराटनगरकै मान्छे हुन, व्यापारी हुन्, अग्रवालहरुको तीन सयभन्दा धेरै विद्युतीय गाडीहरु भित्रिएपछि भन्सार बढाइयो', उनले भने, 'अनि सरकारको एउटा चक्लेटमा १० प्रतिशत छुट गर्दा ३० करोड भन्दा बढी फाइदा हुने। उसले जुन चिज आयात गर्छ त्यसमा बढाइएको छैन घटाइएको छ।'

रायमाझीले अरु व्यपार व्यवासय गर्ने मान्छेलाई भने घाटा भएको बताए। 'अरुका लागि त सन्‍नटा देखिन्छ। त्यसकारण म भन्छु अर्थमन्त्रीज्युले ऋण तिरेर भए पनि तिर भनेर भन्‍नु भएको छ', उनले भने, 'आज ती व्यापारीलाई ऋण दिनुहोस्, अर्थमन्त्रीज्यु र त्यसको जमानी म बसौंला, त्यसो गरे कसो होला?’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.