|

दैलेख : कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण पहिलो मृत्यु भएकाको परिवारलाई राहत प्रदान गरिएको छ। मृत्यु भएका दुल्लु नगरपालिका ११ का ३५ वर्षीय युवाको परिवारलाई दुल्लु नगरपालिकाले किरिया खर्चबापत २५ हजार रुपैयाँ प्रदान गरेको हो। 

मृतकको घरमै पुगेर दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले राहत दिएका हुन्। साथै मृतककी छोरीलाई व्यक्तिगत खर्चमा निःशुल्क प्राविधिक शिक्षा पढाउने जिम्मा आफूले लिएको उनले बताए। 

थप राहतका लागि नगरपालिकामा निर्णय गरी दिइने उनले बताए। भारतमा कोरोना महामारीका रुपमा फैलँदै गएपछि जेठ ९ गते दुल्लु आएका उनको जेठ १७ गते नगरपालिका ७ स्थित विद्युत् प्राधिकरणको भवनमा बनाइएको क्वारेन्टाइनमा मृत्यु भएको थियो। मृतका दुई छोराछोरीसहित पाँच जनाको परिवार छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.