|
फाइल फाेटाे

काठमाडौं : नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले जिम्मेवार निकायले सूचना बेचेर रातारात १ सय २० वटा विद्युतिय सवारीसाधन पैठारी भएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकको ढ्यापढ्यापे समयमा बोल्दै सांसद कँडेलले अर्थनीति तय गर्नेहरुबाट नै बजेटको गोप्य सुचना वेच्ने काम गरेको आरोप लगाएका हुन।

‘आफ्नो स्वार्थका लागि देशको अर्थनीति तय गर्ने जिम्मेवार निकायबाटै अति गोप्य बजेट आउने केही दिन अघि सूचना बेचेर रातारात १ सय २० विद्युतिय सवारी पैठारी गरियो’ उनले भने।  

विद्युतीय सवारीसाधन आयातमा १ सय १३ प्रतिशत कर लगाउने निर्णयलाई प्रतिगमनकारी निर्णय को संज्ञा दिए। विद्युतीय सवारी साधनमा कर बढाउनु वातावरण विनास र इन्धन लगायतको आयात बढाउने प्रतिगमनकारी निर्णय हुनुको साथै सरकारको जनताप्रतिको राजनीतिक बेइमानी भएको टिप्पणी गरे। 

उनले चुनावी घोषणा र प्रधानमन्त्रीको प्रतिवद्धता विपरित अर्थमन्त्रीले विद्युतीय सवारी साधनमा कर वृद्धि गर्ने निर्णय गरेको आरोप पनि उनले लगाए।

नेकपाको चुनावी घोषणा पत्रमा आगामी ३ वर्षमा काठमाण्डौ उपत्यकाभित्र विद्युतिय सवारीसाधन मात्रै प्रयोग गरिने कार्ययोजना लागू गर्ने भनी भोट माग्ने काम गरेको तथा २ वर्षअघि साझा यातायातले काठमाण्डौमा सुरु गरेको विद्युतीय सवारीको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सन् २०२० भित्र नेपालका कुल सवारी मध्ये २० प्रतिशत विद्युतिय हुने घोषणा गरेको पनि उनले स्मरण गराए। 

पुँजीपतिहरूले महँगा गाडी प्रयोग गरेका कारण देशको पैसा बाहिरिनबाट रोक्न विद्युतीय गाडीमा कर बढाउन परेको सरकारी तर्क झुटो तर्क भएको उनको दाबी छ।  उनले राष्ट्रपति, प्रधानमन्त्री समेतले विद्युतीय सवारीप्रति गरेको प्रतिबद्धतालाई अर्थमन्त्रीले हटाएको भन्दै विरोध जनाए। 

उनले विदेशी चकलेटमा आयातमा मुलुकलाई ५० करोड घाटा भईरहेको उनको भनाइ छ। ‘चकलेटमा १० प्रतिशत छुट गरेर विदेशबाट ५ अर्बको चकलेट ल्याइन्छ र १० प्रतिशत डिस्काउण्ट गरेर भन्सार घटाएर ५० करोडको घाटा गराइन्छ’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.