|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले क्वारेन्टाइनको व्यवस्थापन गर्ने जिम्मा नेपाली सेनालाई दिन सरकारलाई सुझाव दिएका छन्। संघीय संसद राष्ट्रियसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य भट्टराईले स्थानीय तहबाट व्यवस्थित क्वारेन्टाइन बनाउन नसकेको भन्दै सुरक्षा अंंगहरुलाई परिचालन गरेर नेपाली सेनालाई परिचालन गरेर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण  गराएका हु्न। 

अहिलेका क्वारेन्टाइनको अवस्था प्रहरीको हिरासत र जेल जस्तै भएकाले सेनालाई जिम्मा दिएर समस्या समाधान गर्नुपर्ने उनको भनाई छ। ‘स्थानीय तहबाट, संघसंस्थाहरुबाट हामीले व्यवस्थित रुपमा क्वारेन्टाइनलाई राम्रो बनाउन सक्दैनौं भने नेपाल आर्मीले लुम्बिनीमा एक महिना भित्र ३ हजार अटने ठूलो सभाहल एक महिना भित्र बनाउन सकेको थियो,’ उनले भने, ‘दुई वर्ष अगाडि बनाएको सभाहल अहिले पनि त्यो अस्थाई सभाहल हो तर अहिले पनि त्यो काम लाग्ने छ।

त्यो प्रयोगमा आइरहेको स्थिति छ । त्यस्तै हामीले यो एउटा विपदको परिस्थिति हो विशेष परिस्थिति पनि हो । हामीले सुरक्षा अंगहरुलाई परिचालन गरेर, नेपाली सेनालाई परिचालन गरेर भएपनि क्वारेन्टाइनहरुलाई व्यवस्थित गर्नुपर्छ की त्यस तर्फ पनि सरकारको ध्यान जाओस ।’ 
 
उनले क्वारेनटाइनमा खाने, बस्ने लगायत मास्क, स्यानिटाइजर को व्यवस्था गर्न सरकारलाई धयानकर्षण गराए। त्यस्तै उनले कोभिड १९ रोकथामका लागि सरकारले लिएका पहलकदमीहरु तथा निर्णयहरु र नीतिहरु सान्दर्भिक भएको तर प्रभावकारी नभएको बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.