|

सल्यान : जिल्लामा क्‍वारेनटाइमा बस्नेको संख्या बढ्दै जान थालेको छ। गएको २४ घण्टामा सल्यानमा चार हजार बढी नागरिक भारतका विभिन्न नाकाबाट सल्यान भित्रिएका छन्। 

भारतबाट आएका नागरिक स्थानीय पालिकाले निर्माण गरेका क्‍वारेनटाइनमा बसिरहेका छन्। एकै पटक ठूलो संख्यामा नागरिकहरु जिल्ला भित्रिँदा व्यवस्थापनमा निकै समस्या भएको स्थानीय तहले जनाएका छन्। 

स्थानीय तहका सार्वजनिक संरचनाहरुमा क्‍वारेन्टाइन बनाई उनीहरुलाई राख्दा पनि अझै व्यवस्थापन गर्न नसकिएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी बताउँछन्। 

पालिकामा बनाइएका क्‍वारेन्टाइन भरिभराउ भएपछि दुई हप्ता भारतबाट नेपाल नआई दिन आग्रह गरिएको उनले बताए। हुलका हुल नागरिक आउँदा क्‍वारेन्टाइन व्यवस्थापनमा चुनौती थपिनुका साथै कोरोनाको जोखिम पनि बढेको बनगाड कुपिण्डे नगरपालिकाका मेयर गोविन्द कुमार पुनले बताए।

बनगाड कुपिण्डेमा जिल्लाकै सबैभन्दा धेरै १ हजार ५ सय ६१ जना क्‍वारेन्टाइनमा बसिरहेका छन्। बागचौर नगरपालिकामा ४ सय २९ शारदा नगरपालिकामा १ सय ६८, सिद्धकुमाख गाउँपालिकामा २ सय ८९, दार्मा गाउँपालिकामा ३ सय ५७,  त्रिवेणी गाउँपालिकामा ३८ जना रहेका छन्। 

यस्तै छत्रेश्वरी गाउँपालिकामा २ सय ५, कपुरकोट गाउँपालिकामा ४१, कालिमाटी गाउँपालिका २ सय २८ र कुमाख गाउँपालिकामा ४ सय जना क्‍वारेन्टाइनमा छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.