|
Photo: goal.com

इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा लिग लिडर चेल्सीले बर्नलीसँग अंक बाँडेको छ। टर्फ मूरमा गएराति भएको खेलमा पाहुना टोली चेल्सी १-१ को बराबरी खेल्दै अंक बाड्न बाध्य भयो।

सातौँ मिनेटमा पेड्रो रोड्रिग्वेजको गोलबाट १-० ले पछि परेको घरेलु टोलीलाई २४औं मिनेटमा रोबर्ट बार्डीले खेलमा फर्काए। बार्डीले फ्री किकमा निकै नै सुन्दर गोल गरेका थिए।

त्यसपछि कुनै गोल हुन सकेन र खेल बराबरीमा टुंगियो। बराबरीका बाबजुद् पनि चेल्सी अंक तालिकाको शीर्ष स्थानमा कायम छ। २५ खेलमा ३ हार र ३ बराबरी खेलेको चेल्सीले १९ जितका साथ ६० अंक जोडेको छ। दोस्रो र तेस्रो स्थानमा रहेका टोटनह्याम र आर्सनलको समान ५० तथा चौँथो र पाँचौँ स्थानमाका लिभरपूल र म्यान्चेस्टर सिटीको ४९ अंक छ। यद्यपी सिटीले एक खेल कम खेलेको छ। 

सोमबार राति हुने खेलमा बर्निमाउथलाई हराउन सके सिटीले चेल्सीसँगको अंक दूरी ८ मा झार्नेछ। खेल नेपाली समयअनुसार राति पौने २ बजे हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.