दशमध्ये रुकुम पश्‍चिममा छैनन् संक्रमित

|

दैलेख : कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ । दश जिल्ला रहेको कर्णालीका ९ वटा जिल्लमा कोरोना फैलिएको छ। सबैभन्दा धेरै कोरोनाका बिरामी दैलेखमा रहेका छन्। 

सामाजिक विकास मन्त्रालय कर्णालीले जारी गरको विज्ञप्तिमा सोमबार दैलेखका १० जना, सल्यानका ५ जना र सुर्खेतका १ जनामा कोरोना पुष्टि भएसँगै कर्णालीमा संक्रमितको संख्या ६७५ पुगेको उल्लेख छ।

सोमवार कोरोना संक्रमण पुष्टि भएका दैलेखका दशमध्ये आठबीस नगरपालिका-७ का ३० वर्षीय पुरुष, नारायण नगरपालिका ३ का १५ वर्षीय पुरुष, नारायण ६ का १८ वर्षीय पुरुष, डुंगेश्वर गाउँपालिका-१ का २१ र ४० वर्षीय पुरुष रहेका छन्। 

यस्तै दैलेखकै नौमुले गाउँपालिका-१ का २३ वर्षीय पुरुष, नौमुले-७ का २६ वर्षीय पुरुष, नौमुले-८ का १८ वर्षीय पुरुष छन्। सुर्खेतको बराहताल गाउँपालिका-१० का २१ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ।

सल्यानका ५ जनामध्ये वनगाड कुपिण्डे नगरपालिका-२ का १७,२३ वर्षीय पुरुष, वनगाड-३ का १८ वर्षीय पुरुष र कुमाख गाउँपालिका-१ का १८ वर्षीया महिलामा पनि कोरोना देखिएको छ। कुमाख-३ का २१ वर्षीय पुरुषसहित कर्णालीका थप १६ जनामा कोरोना पुष्टि भएको हो । 

कर्णालीका १० जिल्लामध्ये रुकुम पश्चिममा कोरोनाका बिरामी फेला परेका छैनन्। दैलेखमा सबैभन्दा धेरै कोरोना संक्रमित रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.