|

इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन लेइस्टर सिटीमाथि रेलिगेसनको खतरा बढेको छ। गएराति भएको खेलमा स्वान्सी सिटीसँग २-० ले हारेपछि लेइस्टरमाथि दबाब बढेको हो। रेलिगेसन जोनमा पुग्नबाट लेइस्टर मात्र १ अंकले जोगिएको छ।

लिगमा बाँकी १३ खेलमा पनि खराब लय जारी रहे टिम संकटमा पर्नेछ। अंक तालिकामा अन्तिममा रहेको सण्डरल्याण्ड र एक स्थान माथिको क्रिस्टल प्यालेसको समान १९ तथा १८औं स्थानको हल सिटीको २० अंक छ। त्यसभन्दा एक स्थान माथि रहेको लेइस्टरले २१ अंक जोडेको छ।

गत वर्ष नाटकीय प्रदर्शन गर्दा उपाधि जितेको लेइस्टरले जारी सिजन २५ मध्ये ५ खेलमात्र जितेको छ। ६ खेल बराबरीमा टुंगिदा १४ खेलमा पराजित हुनु लेइस्टरका लागि चिन्ताको विषय बनेको छ।

गएराति घरेलु टोली स्वान्सीलाई जिताउन मोसन र ओल्सूनले १-१ गोल गरे। यससँगै स्वान्सी (२४) अंक तालिकामा २ स्थान छलाङ मार्दै १५औं स्थानमा पुगेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.