|

अर्घाखाँची : अर्घाखाँचीमा सोमबार एकैदिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेनटाइनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना रोगको संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३१ जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरु सन्धिखर्क नगरपालीकाको वडा नम्बर ७ को आदर्शमाबि , चन्द्र प्रभा माबि खाँचिकोट , विध्या विनायक आधारभुत बिधालय नरपानी र भृकुटी आधारभूत बिधालयको क्वारेन्टाइनमा बसेका २९, ४७, २८, ३२, २४, २९ , ३०, ५०,३४, २५, २१, २०, २५, २२, १८,३०, ४३, ३५, १८, ४२, २०, ३६, ३७ , ३६, ३६, ४० , ५० वर्षीय पुरूष रहेका छन्।

यस्तै १८ र २० बर्षिय  २ महिलालाई कोरोना पुष्टि भएको हो।  यस्तै  शितगंगा नगरपालीकाको  वडा नम्बर १० जनजागृती माबिको क्वारेन्टाइनमा बसेका १८ बर्षिय एक जना पुरूषलाई पनि  कोरोना पुष्टि भएको छ। यस्तै पाणिनी अडगुरी  शिबमदन माबिमा क्वारेन्टाइनमा बसेका २० बर्षिय पुरूषको कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका सुचना अधिकृत बिजय बिकले जानकारी दिए। यस सगै सन्धिखर्क नगरपालीकाका उपप्रमुखलाई पनि कोरना देखिएको छ।

यसअघि जिल्लाका शितगंगा नगरपालिकाको ठाडाको ज्योति माविको क्वारेन्टाइन बसेका ३६ वर्षीय पुरुष र पाणिनी गाउँपालिकाको ८ पालीका कमला माविमा रहेका दुईजनामा कोरोना संक्रमण देखिएको  हो। उनीहरुको सन्धिखर्कस्थित हटारीको आइसोलेसनमा उपचार भइरहेको छ।

गत जेठ १० गते भूमिकास्थान नगरपालिका(९ का ३४ वर्षीय कृष्णबहादुर गैरेको नेपाल आउने क्रममा भारतको लखनउमा मृत्यु भएको थियो र उनको स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना पोजिटिभ पुष्टि भएको थियो।  पिसिआर पोजेटिभ देखिएका मृतक गैरेसँगै भारतबाट आएका हुन्। 

अर्घाखाँचीमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भैसकेको छ। कोरोना सक्रमितको संख्या अर्घाखाँचीमा ३६ जना पुगेको छ। भारतबाट आएका अन्यको पिसिआर रिपोर्ट आईसकेको तर सार्वजनिक नभएको बुझिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.