|

उदयपुर : गाईघाटस्थित थरुहट रंगशालामा जारी गोल्डकपअन्तर्गत पहिलो सेमिफाइनल खेलमा मोरङ–११ र सीएमसी संकटा काठमाडौं भिड्ने भएका छन्। खेल ३ बजे सुरु हुने आयोजकले जनाएको छ।

संकटा सुनसरीको धरान फुटबल क्लबलाई हराएर सेमिफाइनल प्रवेश गरेको हो। मोरङ–११ ले क्वार्टरफाइनलमा विभागीय टोली एपीएफलाई हराएको थियो। 
दोस्रो सेमिफाइनल खेल मंगलबार हार्भेस्ट मुन हिमालयन शेर्पा क्लब काठमाडौं र रुपन्देही–११ बीच हुनेछ।

फाइनल खेल फागुन ५ गते हुनेछ । गोल्डकप विजेताले २ लाख र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन्। २०६८ सालमा सुरु भएको गोल्डकप यस वर्ष आफ्नै घरेलु मैदानमा सञ्चालन भएको हो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.