अर्घाखाँची

  • अर्घाखाँचीमा जीप दुर्घटना, दुई महिलाको मृत्यु

    काठमाडौं : अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ उपल्लो ढाकावाङस्थित थापाडाँडामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। ढाकावाङबाट सन्धिखर्क आउँदै गरेको लु१ज १६७९ नम्बरको सवारी जीप शनिवार बिहान दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो। जिल्ला प्रहरी...

  • अर्घाखाँचीमा चट्याङले एकजनाको मृत्यु, चार गम्भीर घाइते

    अर्घाखाँची : अर्घाखाँची मालारानीको गोखुंगामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। चार जना गम्भीर घाइते भएका छन् ।  मालारानी गाउँपालिका–९ गोखुङ्गा सेपानेमा सोमबार दिउँसो करिब ३ बजे चट्याङ लाग्दा स्थानीय २० वर्षका मिलन खनालको मृत्यु भएको हो । उपचा...

  • चारजनाको ज्यान जाने गरी वनमा आगो लगाउने चारजना पक्राउ

    अर्घाखाँची : भूमिकास्थान नगरपालिका–२ ढाकाबाङमा चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। भूमिकास्थान–२ ढाकाबांगको बेल्वासे गाउँमा वनमा काँडामा लगाएको आगो सल्किएर गाउँमा पसेपछि निभाउने क्रममा चार जनाको ज्यान ...

  • आगो निभाउने क्रममा जलेर पाँच जना गम्भीर घाइते

    अर्घाखाँची : जिल्लाको भूमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर पाँच जना गम्भीर घाइते भएका छन्। भूमिकास्थान नगरपालिका–२ तिरतिरे जंगलमा लागेको आगो स्थानीय बस्तीको पदम बेल्वासेको घरमा सल्किएपछि निभाउने क्रममा मंगलबार साँझ उनीहरू गम्भीर घाइत...

  • लुम्बिनीका सभामुख र उपसभामुखले लिए शपथ

    अर्घाखाँची : लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले शपथ लिएका छन्। सत्ता गठबन्धनबाट सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँणलाई बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले बिहीवार दिउँसो शपथ ग्रहण गराएका...

  • अर्घाखाँचीमा जिपको ठक्करबाट एकजनाको मृत्यु

    अर्घाखाँची : जिल्लाको गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको कोप्चिबासमा पैदल यात्रुलाई  जिपले ठक्कर दिँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा शितगंगा ४ कोप्चीबासका ७५ वर्षीय ज्ञान बहादुर नेपाली भएको प्रहरीले जनाएको छ। भेडामारेबाट अमराई आउँदै गरेको लु३च...

  • तीन महिलाको हत्या आरोपमा भारतीय दम्पती पक्राउ

    अर्घाखाँची : चार महिनामा तीन महिलाको हत्या गरेको आरोपमा भारतीय दम्पतीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ।  अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने भारतीय जोडीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। वृद्ध तथा एकल म...

  • ट्याक्टरको ठक्करबाट अर्घाखाँचीमा १ को मृत्यु

    सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्कमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका-१ तुम्कोट निवासी ६७ वर्षीय चन्द्रबहादुर नेपाली रहेका छन्।  सन्धिखर्कबाट तुम्कोट जाँदै गरेको लु ११ प ५५८० नम्बरको मोट...

  • अर्घाखाँचीमा ढुंगाले लागेर वृद्धको मृत्यु

    अर्घाखाँची : मालारानी गाउँपालिकामा ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ। सन्धिखर्क ११ जोगिमारेका ६० वर्षीय ओमप्रकाश थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।  जिल्लाको मालारानी–२ झरनामा निर्माणाधीन झोलुंगे पुलको काम गरिरहेका बेला मजदुर थापाला...

  • अर्घाखाँचीमा बसले किचेर महिलाको मृत्यु

    अर्घाखाँची : जिल्लाको शीतगंगा नगरपालिका १४ सुखौरा हडाहामा बसले किचेर एक महिलाको मृत्यु भएको छ।  मंगलबार साँझ कपिलवस्तुबाट अर्घाखाँची सिमलपानी छेडा जाँदै गरेको  लु १ ख ८७५८ नम्बरको बसको पछिल्लो टायरले किच्दा ७६ वर्षीया इन्द्रकला भट्टराईको ज्यान गएको प्रह...

  • भालुको आक्रमणबाट अर्घाखाँचीमा एकजनाको मृत्यु

    अर्घाखाँची : जिल्लाको शितगंगा नगरपालिकामा भालुको आक्रमणमा परी एकजनाको घटनास्थलमै मृत्यु भएको छ।  जिल्लाको शितगंगा नगरपालिका-२ झिर्रा ओखारी निवासी  ७९ वर्षीय रामबहादुर भाट क्षेत्रीको मृत्यु भएको  हो। बुधबार बिहान ७ बजेको समयमा ओखारीबाट  आरनम...

  • अर्घाखाँचीमा कार दुर्घटना : पाँचजना घाइते

    काठमाडौं : अर्घाखाँचीको शीतगंगा नगरपालिका–२ सीतापुरमा कार दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्।  घाइतेमध्ये दुईजनाको अवस्था गम्भLर रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। शनिबार बिहान साढे ७ बजे तनहुँको आबुखैरेनीबाट सुपा देउराली दर्शन ग...

  • विमानस्थलको ‘रन वे’मा मोटरसाइकल दुर्घटना, दुईजनाको मृत्यु

    अर्घाखाँची : सन्धिखर्कस्थित निर्माणाधीन विमानस्थलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्।  सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन हवाइ मैदानको रन वेमा मोटरसाइकल चलाउने क्रममा दुर्घटना भएको हो। जिल्ला प्रहरी...

  • पहिरोको जोखिमले ४१ दलित परिवार विस्थापित, विद्यालयमा बास

    अर्घाखाँची : सन्धिखर्क नगरपालिका–७ खाँचिकोटको भुजुंगेमा पहिरोको जोखिमका कारण ४१ दलित परिवार विस्थापित बनेका छन्। उनीहरू अहिले विद्यालयमा बसेका छन्।  पहिरोको उच्च जोखिमका कारण विस्थापित बनेका ४१ दलित परिवारका १६१ जना विस्थापित बनेका वडा अध्यक्ष च...

  • कांग्रेसमा गुटबन्दी र भागबण्डा रोकिन्छ : महामन्त्री थापा

    अर्घाखाँची : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा अबदेखि गुटबन्दी र भागबण्डा हुन रोकिने बताएका छन्। आमसभा तथा पार्टी प्रवेश कार्यक्रमका लागि अर्घाखाँचीको पाणिनी गाउँपालिका पुगेका उनले सभालाई सम्बोधन गर्दै भने, ‘पार्टीमा हामी गुट भागबण्डा केही हुन द...

  • पहिरोले घर पुरिँदा अर्घाखाँचीमा एकजनाको मृत्यु‚ तीन घाइते

    अर्घाखाँची : पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ। प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार म...

  • पहिरोले पुरिएर एकजनाको मृत्यु

    अर्घाखाँची : पाणिनी गाउँपालिका-५ मैदानमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाणिनी-६ धातिवाङ्गका ४५ वर्षीय मानबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए। मेघराज घिमिरे...

  • रिचार्ज कार्डको नम्बरबाट पत्ता लाग्यो चोरी गर्ने गिरोह

    अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कमा विभिन्न स्थानमा चोरी गर्दै हिँड्ने ६ जनालाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ। जिल्लाको सन्धिखर्क लगायतका बजार क्षेत्रमा चोरीका घटनाहरू बढ्दै गएपछि प्रहरीले विशेष टोली गठन गरी अनुसन्धान सुरु गरेको थियो।  अ...

  • अर्घाखाँचीमा ३० साउनसम्म निषेधाज्ञा, के खुल्‍छ के खुल्दैन?

    अर्घाखाँची : जिल्लामा कोरोनाका बिरामी बढेसँगै जिल्ला प्रशासन अर्घाखाँचीले साउन ३० सम्म निषेधाज्ञा जारी गरेको छ। प्रशासनले आइतबारबाट साउन ३० गते राति १२ बजेसम्म घरभित्रै सुरक्षित भएर बस्न जिल्लाबासीलाई आग्रह गरेको छ। यस अवधिमा बिहान ७ देखि ९ बजेसम्म दुधडेरी, खाद्यान्...

  • कोरोनाको तेस्रो लहरबाट बच्‍ने पूर्व-तयारीमा जुट्यो लुम्बिनी

    अर्घाखाँची : कोरोनाको तेस्रो लहरको सम्‍भावना बढेसँगै यहाँका स्थानीय त्रसित छन्। छिमेकी राष्ट्र भारतमा कोरोनाको तेस्रो लहर आउन थालेपछि नेपालमा पनि तुरुन्तै बढ्न सक्ने भन्दै स्थानिय त्रसित भएका हुन्। लुम्बिनी प्रदेशसँग जोडिएका भारतीय सीमा नाकाबाट नेपालमा भित्रिनेको ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]