डडेल्धुरा

  • सदरमुकाममै पहिरो, अस्पतालमा क्षति

    डडेल्धुरा : तीन दिनदेखिको लगातार वर्षाका कारण डडेल्धुरा सदरमुकाममै पहिरो गएको छ। सोमबार दिउँसो अमरगढी–५ उपक्षेत्रीय अस्पताल जाने सडकमा माथिबाट पहिरो खसेको हो।  पहिराले वीर वेताल प्याथोलोजी एण्ड रिसर्च सेन्टरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका...

  • स्थानीय तहमा कर : खसीबाेकाको २००, भैँसीको ५००

    डडेलधुरा : कर लाग्ने वस्तुको सूचीमा अब खसीबोका र राँगाभैँसीसमेत थपिएका छन्। स्थानीय तहले कर थपेपछि गाउँगाउँ पुगेर खसीबोका किनबेच गर्दै आएका सिद्धपुरका हरिसिंह धामी किसानसँगै असुल्न थालेका छन्। गाउँपालिकाले प्रतिखसीबोका २०० रुपैयाँका दरले निकासी कर लिन थ...

  • प्रदेश ७ को विकासमा सरकार लागिपरेको छ : मन्त्री बोहरा

    डडेल्धुरा : प्रदेश ७ का भौतिक पूर्वाधार तथा योजनामन्त्री पठानसिंह बोहराले प्रदेश सरकार प्रदेश ७ को विकासमा लागि परेको बताएका छन्। शनिबार सामुदायिक रेडियो अमरगढी डडेल्धुराको नवौँ वार्षिकोत्सवमा बोल्दै मन्त्री बोहराले यस्तो बताएका हुन्। प्रदेश सरकार यहाँको समग्र विकासक...

  • महाकाली नदी कटानको उच्च जोखिमा परशुराम धाम

    डडेल्धुरा : महाकाली नदीको किनारामा रहेको परशुराम धाम बर्सनिको बाढीले संकटमा पर्दै गइरहेको छ। डेढ दशकअघि निर्माण गरिएको तटबन्ध भत्किन थालेपछि डडेल्धराको भित्री मधेस क्षेत्र परशुराम नगरपालिका–५ मा पर्ने परशुराम धाम संकटमा परेको हो। २०५६ मा परशुराम धाम क्षेत्...

  • 'पागल पन्त' भीमदत्त, जसले उठाए किसान आन्दोलन

    डडेल्धुरा : किसान नेता शहीद भीमदत्त पन्तको ६६औँ स्मृति दिवस बिहीबार (आज) मनाइँदै छ। विविध कार्यक्रम गरी पन्तको सम्झनामा दिवस मनाउन लागिएको हो। किसान योद्धाका रूपमा चिनिने पन्तको वि.सं. २०१० साउन १७ गते टाउको काटी हत्या गरिएको थियो। सोही सम्झनामा शहीद भीमदत्...

  • महाकालीमा बगेर एक बालक बेपत्ता

    डडेल्धुरा : डडेल्धुराको भित्री मधेसमा पर्ने महाकाली नदीले बगाउँदा एक बालक बेपत्ता भएका छन्। जिल्लाको परशुराम नगरपालिका–५ परिगाँउका ११ वर्षीय प्रवेश सिंह मंगबार साँझ ५:३० महाकालीमा बगेर बेपत्ता भएका हुन्। बाख्रा चराउन गएका बेला पानी पिउन नदी छेउामा जाँदा उ...

  • सबै तीर्थ घुमेको फल पाइने परशुराम धाम

    डडेल्धुरा : ‘सबै तीर्थ पटक–पटक, परशुराम एक पटक’ स्कन्दपुराणको मानसखण्डमा उल्लिखित यो भनाइले नै परशुराम धामको धार्मिक महत्त्व दर्शाउँछ। भगवान् विष्णुका दस अवतारमध्ये परशुराम अवतार भएको धाम डडेल्धुराको परशुराम नगरपालिकामा रहेको छ। एकातिर चु...

  • कैलालीको निंलाडीमा पहिरो, भीमदत्त राजमार्ग अवरुद्ध

    डडेल्धुरा : लगातारको वर्षाका कारण कैलालीको चुरे गाउँपालिका–५ निंलाडीमा पहिरो खस्दा भीमदत्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। शुक्रबार बेलुकी बेलुकी ६:४५ बजे पहिरो जाँदा भीमदत्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनको हो। सडक अवरुद्ध हुँदा तराईबाट पहाड हिँडका ...

  • डडेल्धुराको सेरागाडमा निर्माणाधीन मोटरेबल पुल भत्किँयो

    डडेल्धुरा : जिल्लाको भागेश्वर गाउँपालिका-४ डुङ्गरीदेखि अजयमेरु गाउँपालिका ५ देवल दिव्यपुर जोड्ने सडक खण्डको सेरागाडमा निर्माणाधीन पक्की मोटरेबल सडक पुल भत्किँएको छ। चार दिन पहिले मात्रै ढलान गरिएको पक्की पुल बुधबार बेलुकी देखिको अविरल वर्षाका कारण भत्किएको हो। ...

  • प्रदेश ७ मा उद्योग र पर्यटनका प्रशस्त सम्भा‍वना छन् : मन्त्री भट्ट

    प्रदेश ७ मा नौ जिल्ला छन्। तीमध्ये कैलाली र कंचनपुर तराई क्षेत्रमा पर्छन्। डडेल्धुरा, बैतडी, दार्चुला, डोटी, बझाङ, अछाम र बाजुरा सात जिल्ला पहाडी क्षेत्रमा रहेका छन्। यस प्रदेशमा संभावनासँगै समस्या पनि यतिकै छन्। प्रदेश ७ अर्थात् सुदूरपश्चिममा थुप्रै पर्यटकीय क्षेत्र छ...

  • मारुनी नाचको संरक्षणमा गाउँपालिका

    डडेल्धुरा : प्रदेश ७ धार्मिक तथा सांस्कृतिक सम्पदाले धनी छ। ती सांस्कृति सम्पदामध्ये मगर समुदायमा प्रचलित मारुनी नाच एक हो। मगर समुदायका न्वारान, व्रतबन्ध, विवाहलगायत शुभकार्यमा देवीदेवताको आराधना गर्दै यो नाच नाच्ने चलन छ।  मगर समुदायमा परम्परादेखि नै विभिन्न ...

  • कांग्रेस सकिदैछ भन्नु बहुमतको दम्भ हो : नेता सिंह

    डडेल्धुरा : नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहले राणा, पन्चायत र राजा सिध्याउने कांग्रेस सकियो भन्नु बेकार भएको टिप्पणी गरेका छन्। मंगलबार नेपाल प्रेस यूनियन डडेल्धुरा शाखाले डडेल्धुरा सदरमुकममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता सिंहले ...

  • उपक्षेत्रीय अस्पतालमा मौसमी बिरामीको चाप

    डडेल्धुरा : वर्षायाम लागेसँगै प्रदेश ७ को एक मात्र उपक्षेत्रीय अस्पताल डडेल्धुरामा बिरामीको चाप बढ्दै गएको छ। मौसम परिवर्तनसँगै अस्पतालमा झाडापखाला, आउँमासी, जन्डिसलगायतका बिरामीहरूको चाप बढेको हो। अस्पतालमा अहिले दैनिक २०० भन्दा बढी बिरामी आउने गरेको मेडिकल सुपर...

  • जुम्ला घटनाप्रति नागरिक समाजको ध्यानाकर्षण

    डडेल्धुरा : २१ दिनयतादेखि अनसनरत डा. गोविन्द केसीका समर्थक र स्वास्थ्यकर्मीमाथि सरकारको दमन र धरपकडप्रति नागरिक समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। चिकित्सा शिक्षा सुधारको माग गर्दै जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बसेका डा. केसीलाई ब...

  • वर्षाले भत्कियो डडेल्धुराको एक मात्र कबर्ड हल

    डडेल्धुरा : जीर्ण अवस्थामा रहेको डडेल्धुराको कबर्डहल भत्किएको छ। लगातारको वर्षाका कारण जिल्लाको एक मात्र कबर्डहल शनिबार भत्किएको हो।  अमरगढी नगरपालिका–४ खलंगामा ३४ वर्ष पहिले निमार्ण भएको उक्त कबर्डहल जीर्ण अवस्थामा रहेको थियो। पुरानो संरचना भएको र म...

  • सरकारले डा. केसीको माग उपेक्षा गरेको भन्दै एक घण्टा सेवा बन्द

    डडेल्धुरा : जुम्लामा आमरण अनशनरत प्रा.डा.गोविन्द केसीको समर्थन गर्दै डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेक अन्य सेवाहरू एक घण्टा बन्द गरेका छन्। १२ दिनदेखि जुम्लामा अनशनरत डा. केसीको सर्मथनमा अस्पताल परिसरभित्रै सरकारको आलोचना गर्दै ...

  • सरकार हुलाक सेवाप्रति गम्भीर नभएको आरोप

    डडेल्धुरा : प्रदेश-७ का विभिन्न जिल्लामा कार्यरत हुलाक कार्मचारीहरूले सरकार हुलाक सेवाप्रति गम्भीर नभएको आरोप लगाएका छन्। मंगलबार डडेल्धुरा सदरमुकाममा आयोजित हुलाक सेवाको वर्तमान अवस्था र भावी कार्यदिशा विषयक समीक्षात्मक क्षेत्रीय गोष्ठीमा सहभागि कार्यचारीहरूले यस्तो आरोप...

  • डडेल्धुरामा बस दुर्घटना, १२ घाइते

    डडेल्धुरा : डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकामा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आइतबर डडेल्धुरा सदरमुकामबाट बिहान ९ बजे जोगबुढाका हिँडेको ना ४ ख ४०७७ नम्बरको बस परशुराम नगरपालिका–१२ तुलाभाडीमा दुर्घटना भएको हो।   बसमा सवार...

  • हिंसाबाट बच्न आत्मरक्षा तालिम लिए किशोरीले

    डडेल्धुरा : महिला हिंसालाई कम गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले किशोरीहरूलाई आत्मरक्षासम्बन्धी प्रशिक्षण दिएको छ। राखेपले डडेल्धुराका किशोरीहरुलाई आत्मरक्षासम्बन्धी तीन दिने आधारभूत तालिम दिएको हो। बिहीबारबाट जिल्ला सदरमुकाममा सञ्चालन भएको प्रशिक्षण शुक्रबार सकिएको हो...

  • प्रकृतिकाे अनुपम उपहार खप्तड, फोटो

    डडेल्धुरा : प्रदेश ७ अर्थात् सुदूरपश्चिममा थ्रुपै पर्यटकीय क्षेत्र छन्। पर्यकटीय क्षेत्रका दृष्टिकोणले हेर्ने हो भने यस प्रदेशमा सम्भावनाका ढोका प्रसस्त छन्।  देश संघीयतामा जानुअघि सुदूरपश्चिमलाई राज्यले हेर्ने दृष्टिका कारण यस क्षेत्रका पर्यटकीय क्षेत्रहरु सधैं ओझेल परे। ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]