वीरगञ्जमा ७० लाखको कपडासहित ट्रक प्रहरीको नियन्त्रणमा
काठमाडौं : सशस्त्र प्रहरीले वीरगञ्जबाट ७० लाख रूपैयाँ बराबरको लत्ताकपडा बोकेको ट्रक नियन्त्रणमा लिएको छ। वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ८ ख ३९७८ नम्बरको ट्रकमा लोडगरी ल्याउँदै गरेको लत्ताकपडाको बिलविजक शंकास्पद देखिएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म...