|

जीवनका अन्तिम समयमा कसले परिवारको साथ चाहँदैन, तर केरलाकी एक नर्सका लागि यो सव कहाँ सम्भव। केरलमा निपा भाइरसबाट सिकार भएका विरामीहरूलाई बचाउँदा बचाउँदै उनी आफैँ बिरामी परिन्। उनी हुन् ३१ वर्षीया नर्स लिनी पुथुसेरी, जसले जीवनको अन्तिम समयमा आफ्ना पतिका नाममा भावुक चिठ्ठी लेखिन्, र अन्तिम बिदाइ गरिन्। 

लिनीप्रति समवेदना व्यक्त गर्दै केरलका पर्यटन मन्त्रीले उक्त चिठ्ठी फेसबुकमा साझा गरे। त्यसलगत्तै उनको चिठ्ठी भाइल हुन थाल्यो र उनको सेवा भावलाई सबैले सराहना गरे।

लिनीले आफ्नो चिठ्ठीमा लेख्छिन्, ‘मलाई यस्तो लाग्दैन कि अब तिमीलाई देख्न सकू, छोराछोरीलाई प्रेमपूर्वक हेरविचार गर्नू। तिमीले उनीहरूलाई आफ्नै साथ खाडी मुलुक लिएर जानू। उनीहरूलाई एक्लै नछोड्नू।’

लिनी कोझीकोडको पेरमबरा अस्पतालमा निपा भाइरसबाट सिकार भएका पहिलो चरणका बिरामीको उपचारकर्ता टिममा थिइन्। यसैबीच उनी पनि उक्त भाइरसको सिकार बनिन्। 

जब उनलाई आफ्नो ज्यान बाँच्दैनजस्तो लाग्यो, तब उनले एउटा ठूलो निर्णय गरिन्। उनले आफ्ना श्रीमान् र दुईवटा छोराछोरीलाई आफूबाट टाढा राखिन् र अन्तिम क्षणसम्म उनीहरूलाई भेटिनन्। 

लिनीको चिठ्ठी सार्वजनिक भएपछि केरलका मुख्यमन्त्री पिनाराई विजयनले लिनीको निःस्वार्थ सेवालाई सधैँ स्मरण गर्ने बताए।

निपा भाइरसबाट खतरा

केरलमा निपा भाइरसको खतरा दिनप्रति दिन बढ्दै छ। पछिल्लो विवरणअनुसार १२ जना यस भाइरसको सिकार भएकामा १० जनाको मृत्यु भएको छ भने दुई जनाको उपचार हुँदै छ। 

हालै मात्रै कोझीकोडमा यो भाइसरका कारण एकै परिवारका तीनजनाको मृत्यु भएको थियो। यो भाइरसका जिवाणु मानिसमा जनावरबाट फलिएको हो र मानिसबाट मानिसमा पनि फैलिने सक्ने बताइएको छ। 

विश्व स्वास्थ्य संगठनका अनुसार निपा भाइरस तीव्र गतिमा बढिरहेको भाइरस हो, जसले जनावर र मानिसमा गम्भीर रोगको जन्म दिन्छ। 

निपाका बारेमा सबैभन्दा पहिला सन् १९९८ मा मलेसियाको कम्पंग सुन्गाइ निपाबाट पत्ता लागेको हो। उनैबाट यो भाइरसको नाम निपा राखिएको हो। उतिबेला यो भाइरसको बाहकका रूपमा सुगुरलाई मानिन्थ्यो।

तर, त्यसपछि निपा भाइरसका बारेमा जहाँ–जहाँबाट जानकारी आयो, त्यहाँ यो भाइरस ल्याउने र लैजाने माध्यम केही देखिएन। सन् २००४ मा बंगलादेशमा केही मानिस निपा भाइरसको सिकार बने।

उनीहरूले खजुरको रुखबाट निक्लिने तर पदार्थ चाखेका थिए र यहाँसम्म भाइरसलाई लैजाने माध्यम चमेरा थिए, जसलाई ‘फ्रूट ब्याट’ पनि भनिन्छ। सेन्टर फर डिजिस कन्ट्रोल एन्‍ड प्रिवेन्सन (सिठिसी)का अनुसार निपा भाइरसको इन्फेक्सन एन्सेफ्लाइटिससँग जोडिएको, जसले मस्तिस्कलाई नोक्सानी पुर्याउँछ। 

बिरामीका लक्षण

यस भाइरसबाट ग्रसित व्यक्तिको टाउको दुख्ने, धमिलो देखिन्ने, ज्वोरो आउँने र सास फेर्न गाह्रो हुनेलगायतका लक्षण देखिन्छन्। यी लक्षण देखिएको २४ देखि ४८ घण्टामा विरामी कोमामा पुग्छ। इन्फेक्सनले सुरुवाती चरणमा सास फेर्न गाह्रो हुन्छ, साथै विरामीमा न्यूरोलोजिकल समस्या देखिन्छ। 

सन् १९९८–९९ मा २६५ जना निपा भाइरसको सिकार भएका थिए। अस्पतालमा भर्ना भएका ४० प्रतिशत विरामीमा नसासम्बन्धी गम्भीर समस्या देखिएको थियो र डाक्टरहरूले उनीहरूलाई बचाउन सकेनन्।

सामान्यतया यो भाइरस इन्फेक्सन भएका चमेरा, सुगा वा भाइरसले आक्रमण गरेका अन्य मानिसहरूबाट फैलिने गर्दछ। मलेसिया र सिंगापुरमा निपा भाइरस सुगाबाट फलिएको जानकारी आएको थियो। तर, भारत र बंगलादेशमा मानिसबाट मानिसको सम्पर्कमा आउँदा यो भाइरस सर्ने खतरा बढी छ।

एजेन्सीको सहयोगमा

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.