काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ विद्यालयका प्राचार्यलाई नयाँ शैक्षिकसत्रको भ...
- प्रचण्डलाई देउवाको जवाफः ‘राष्ट्रिय सरकारको सम्भावना छैन’
- ओली सरकारको आयु प्रचण्डको हातमा
- समाचार विश्लेषण : धरापमा ओली सरकार
- उपप्रधानमन्त्री गच्छदार भन्छन्- ‘सहमतीय सरकार निर्माणको पहल जारी’
- माओवादी बैठकः नयाँ सरकार गठनको पहल र निर्णय गर्ने जिम्मा प्रचण्डलाई
- प्रधानमन्त्री ओलीसँग सरकारको चाबी माग्ने प्रचण्डको तयारी
- पोलिट्ब्युरो बैठकमा प्रचण्डको निर्देशनः सरकारबारे बाहिर बोल्दै नहिँडौं
- प्रधानमन्त्री भन्छन्- सरकार परिवर्तन होइन, विस्तार हुन्छ
- माधव नेपाल भन्छन्- राष्ट्रिय सहमतिको सरकार समयको माग
- प्रधानमन्त्रीका सल्लाहकार रिमाल भन्छन्- सरकार फेरिदैँन, माओवादीले हल्लामात्र गरेको हो
- राष्ट्रिय सहमतिको सरकारको च्याप्टर क्लोज भइसक्यो: ज्ञवाली
काठमाडौं : गत बैशाख २३ मा एमाले र माओवादीबीच ९ बुँदे सहमतिसँगै भएको भनिएको भद्र सहमति कार्यान्वयनका लागि ‘निर्णायक वार्ता’ गर्ने जिम्मा पाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको छलफल ठोस सहमति बिनै सकिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै ३ घण्टा भएको वार्तामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लचिलो भएर प्रस्तुत भएका छन्। यसअघिका छलफलमा प्रधानमन्त्रीलाई विगतका सहमति कार्यान्वयनका लागि दबाब दिएका प्रचण्डले सोमबारको वार्तामा त्यसखालको दबाब दिन सकेनन्।
‘आइतबारको बैठकमा तीन बुँदे भद्र सहमति कार्यान्वयन नगरे जुनसुकै बेला सरकार ढल्ने चेतावनी दिएका प्रचण्ड सोमबारको बैठकमा लचिलो भएर प्रस्तुत हुनुभयो’, स्रोतले भन्यो, ‘प्रचण्डले प्रधानमन्त्री ओलीसँग राष्ट्रिय सरकार निर्माणका लागि आवश्यक पहलकदमी लिन मात्रै आग्रह गर्नुभयो।’
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिने विषयमा प्रधानमन्त्री र प्रचण्डबीच समझदारी भएको बताए। ‘विगतमा भएको सहमति कार्यान्वयनका साथै वर्तमान गठबन्धनलाई निरन्तरता दिने विषयमा दुई दलबीच समझदारी भएको छ’, उनले भने।
सोमबार बिहान झण्डै ५ घण्टा बसेको माओवादी केन्द्रको बैठकपछि प्रचण्डले एमाले अध्यक्ष समेत रहेका ओलीसँग ‘निर्णायक वार्ता’ गर्ने जिम्मा पाएका थिए।
ओलीसँग निर्णायक वार्ता गर्ने तयारी गरेका प्रचण्ड प्रमुख प्रतिपक्षी कांग्रेससँगको छलफलपछि एकाएक पछि हटेका हुन्। सोमबार भएको भेटका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकार सम्भव नभएको भन्दै समर्थन गर्न नसक्ने स्पष्ट पारेका थिए।
बालुवाटा वार्तामा प्रधानमन्त्री ओलीले वर्तमान गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताउँदै सरकार परिवर्तनको खेलमा नलाग्न प्रचण्डलाई आग्रह गरेका थिए। प्रधानमन्त्रीले नौ बुँदे सहमति कार्यान्वयनलाई तीब्रता दिने बचन प्रचण्डलाई दिएको स्रोतले बतायो।
सम्बन्धित समाचारहरुः
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।