धनकुटा : के तपाईं धनकुटा आउनुभएको छ? यदि आउनुभएको छ भने यहीँ उत्पादन भएको नरिवल बिस्कुट पक्कै खानुभयो होला वा आउँदै हुनुहुन्छ भने&n...
काठमाडौ: मौद्रिक नीतिको मस्यौदालाई अन्तिम रुप दिने गरी छलफल गर्न राष्ट्र बैंक सञ्चालक समितिको बैठक बिहीबार बस्दैछ।
नीतिमा समेटिने केही विषयमा सहमति नजुट्दा गएको सोमबार सार्वजनिक गर्ने भनिएको मौद्रिक नीतिमा ढिलाई भएको छ। लघुवित्त कम्पनीको लाईसेन्स, चुक्तापूँजी वृद्धि, ब्याजदर, बैंकको चुक्तापूँजीको समयावधि, मूल्यवृद्धि नियन्त्रणका लागि बैंक तथा वित्तिय संस्थाको अनिवार्य नगद मौज्दात वृद्धि लगायतका केही विषयमा सञ्चालकहरुबीच सहमति जुट्न सकेको छैन।
बिहीबार बस्ने सञ्चालक समितिको बैठकले मस्यौदालाई अन्तिम रुप दिए र आवश्यक तयारी गर्ने समय भए आजै र सम्भव नभए भोली मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।