इलाम : इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। विजुलीको काम गर्ने क्रममा करेन्ट लागेर इलाम नगरपालिका ५ का ४२ वर्षीय दिलीप कुँवरको शुक्र...
म्याग्दी: जिल्ला अदालत म्याग्दीले छोरीलाई बलात्कार गर्ने एक व्यक्तिलाई १८ वर्ष कैद सजाय र रु २५ हजार जरिवाना तिराउने फैसला गरेको छ।
जिल्ला न्यायाधीश रामप्रसाद शर्माको बिहीबार बसेको इजलासले हाडनाता करणी गरेको अभियोग लागेका पाखापानी गाविसका ती व्यक्तिलाई सो सजायको फैसला सुनाएको हो।
अदालतले गरेको फैसलाअनुसार निजलाई जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। १२ वर्षकी आफ्नै छोरीलाई हाडनाता करणी गरेको विषयमा उजुरी परेपछि प्रहरीले गत वैशाख २९ गते निजलाई पक्राउ गरी मुद्दा दर्ता गरेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।