काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले विगत १ महिनादेखि ठूला आवाज तथा स्वरूप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालकलाई विशेष अप्रेशन नै चलाएर कारबाही गरेको छ।
महाशाखाले यस अवधिमा चर्को आवाज निकाल्ने ३४२ वटा मोटरसाइकल चालकलाई कारबाही गरेको छ। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनुका साथै सर्वसाधरणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने र ध्वनि प्रदूषण हुने भएकाले कारबाही गरिएको जानकारी दिए।
जथाभावी रूपमा साइलेन्सरलाई मोडिफाइ गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरूलाई उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको महाशाखाले जनाएको छ। महाशाखाले मोटरसाइकलहरूले ध्वनि प्रदूषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरूप परिवर्तन गरी चलाउने, लापरबाही ढंगले चलाउने, जिकज्याक रूपमा चलाउने कार्यहरु कानुनविपरीत भएकोले कारबाही गरेको हो।
यस्ता गलत तरिकाले चलाउने मोटरसाइकलको विभिन्न माध्यमबाट नम्बर संकलन गर्नुका साथै निगरानीमा राखिएको महाशाखाले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।