राजनीति

फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई चुनावबाट परास्त गर्नैपर्छ : गृहमन्त्री बादल

पुस ९, २०७७

    काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले चुनावबाट फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नुपर्ने बताएका छन्। उनले बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्मा ओली समूहकाे बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

    ‘नेकपाबाट एउटा गुट अलग भएको छ। प्रतिक्रियावादीहरूले उसमा खुशी र उत्सव मनाइरहेका छन्। जनता दुखित भएका छन्’ उनले भने,  ‘प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ।’

    प्रतिनिधिसभाको विघटन क्रान्तिकारी परिवर्तनका लागि भएको उनले दाबी गरे। ‘चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नुपर्छ’ उनले भने, ‘उहाँहरूको ध्यान क्रान्तिका उपलब्धिहरूलाई उल्ट्याउन केन्द्रित छ। उहाँहरू दुस्मनको जालमा पर्नुभएको छ।’

    पार्टीको राष्ट्रवादी नेतृत्वले चालेका कदमहरूलाई पार्टीले दृढतापूर्वक अघि बढाउने उनले तर्क गरे। ‘कम्युनिष्ट आन्दोलनको एकता, मुलुकमा स्थायित्व र शान्ति तथा राष्ट्रिय हितको पक्षमा अग्रमोर्चामा रहेर भूमिका गरिरहनुभएका नेतृत्वलाई साथ दिन म यहाँ उपस्थित भएको छु’ उनले भने, ‘हामी प्रतिगमनकारी र अवसरवादीहरूलाई आँधीबेहरी र तुफान बनेर पराजित गर्दै देशको सही ढंगले नेतृत्व गर्नेछौं।’

    पूर्व-माओवादी पक्षका गृहमन्त्री थापा पार्टीभित्रको विवादमा खुलेका थिएनन्। पार्टी दुई धारमा विभाजित भइसकेपछि उनी प्रधानमन्त्री ओली पक्षमा खुलेका हुन्। उनलाई आफ्नो पक्षमा राख्‍नका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले पनि पहल गरिरहे पनि सफल भएका थिएनन्। उनी आफू निकटका सबै नेताहरू गुमाएर एक्लै ओली खेमामा पुगेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]