काठमाडौं : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद आरजू राणा देउवाको हाइपर प्याराथाइराइडिज्मको शल्यक्रिया गरिएको छ।&nbs...
काठमाडौं : पछिल्लो २४ घण्टामा पाँच हजार पाँच सय १० पिसिआर परीक्षण गर्दा मुलुकभर थप ६ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १८ लाख ९६ हजार दुई सय ५० जनाको पिसिआर परीक्षण गरिएको छ। त्यस्तै, सक्रिय संक्रमित ७ हजार ३ सय ८४ छन्।
७ सय ३९ संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म २ लाख ४७ हजार चार सय जना संक्रमणमुक्त भएका छन्। निको हुनेको दर ९६ दशमलव ४ प्रतिशत पुगेको छ।
कुल संक्रमित २ लाख ५६ हजार पाँच सय ९२ जना छन्। बितेको २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या १८ सय ८ जना पुगेको छ।
क्वारेन्टाइनमा चार सय जना रहेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।