खेलकुद

सहिद स्मारक 'सी' डिभिजन चैत १ गतेबाट

पुस ९, २०७७

    इलाम : गत वर्ष कोरोनाका कारण संचालन हुन नसकेको सहिद स्मारक 'सी 'डिभिजन लिग चैत १ गतेबाट सुरु हुने भएको छ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले सी डिभिजन लिगका पदाधिकारीसँग छलफल गर्दै चैतको सुरुवातमै स्थगित रहेको लिग सञ्चालन गर्ने सहमति गरेको हो। गत वर्षको अन्तिममा सुरु गर्ने तयारी गरिएको सी डिभिजन कोरोनाका कारण स्थगित भएको थियो।

    एन्फाले सी डिभिजन लिगका लागि क्लबको तयारी खर्च बढाउने भएको छ। तयारी खर्चबाट ७ लाख रुपैया पाउँदै आएका क्लबले अब ९ लाख रुपैयाँ पाउने भएका छन्।

    छलफलको दौरान एन्फाले क्लबका पदाधिकारीलाई फिफा र एएफसीको स्वास्थ्य प्रोटोकलका विषयमा समेत जानकारी गराएको थियो। छलफलमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर, लिग कमिटी संयोजक विज्ञानराज शर्मा र एन्फाका अधिकारीहरु उपस्थित थिए।

    एन्फाले बुधबार मात्र सहिद स्मारक 'बी' डिभिजन लिग फागुन ११ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको थियो। बैठकले अंक कटौती प्रणालीलाई जारी राख्ने निर्णय गरेको छ। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]