काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
ओखलढुंगा : चिशखुगढी चस्कु युवा क्लबले क्यान्सर पीडितको उपचारका लागि रकम प्रदान गरेको छ। कोरोना कहरबीच देउसी खेलेर जुटाएको नगद चिशंखुगढी–१ कुइभीरकी क्यान्सरपीडित महिला भीमकुमारी थुलुङको उपचारका लागि प्रदान गरेको हो।
क्लबसिहत स्थानीय अन्य संस्थाले समेत सहयोग थुलुङलाई उपचारार्थ सहयोग गरेका छन्। क्लबको २५ हजार, पौराणिक मारुनी संरक्षण समितिको कोषमा रहेको ४० हजार र चस्कु स्वास्थ्य आमा समूहबाट संकलित १० हजार गरी एकमुष्ट ७५ हजार रुपैयाँ भीमकुमारीलाई प्रदान गरिएको क्लबका अध्यक्ष जसिहब थुलुङले जानकारी दिए।
विशेष गरी शिक्षा, स्वास्थ्य, खेलकुद, कला तथा साहित्यलाई जोड दिएर सामाजिक विकासमा भूमिका खेल्ने उद्देश्यका स्थापना भएको क्लब विगतमा विद्यमान चस्कु सांस्कृतिक परिवारका रुपमा संचालित रहेको थियो।
आर्थिक अवस्था कमजोर भएकी भीमकुमारीको उपचारका लागि मात्र नभएर आफूहरु समाजिक क्षेत्रमा यसरी नै सक्रिय रहेको क्लबका अध्यक्ष थुलुङले बताए। साथै भीमकुमारीको उपचारका लागि सहयोग गर्न क्लबले सबैलाई अनुरोध गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।