समाज

सुगन्ध कोकिलाले उचित मूल्य नपाउँदा मर्कामा किसान

पुस १०, २०७७

    दाङ : बहुमूल्य जडीबुटी सुगन्ध कोकिला (मालागेडी)ले उचित मूल्य नपाउँदा किसानहरु मर्कामा परेका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा सुगन्ध कोकिल पाइन्छ।

    लोपोन्मुख प्रजातिको वनस्पति सुगन्ध कोकिला आयआर्जन र पर्यावरणका लागि राम्रो हुने भए पनि यसले उचित मूल्य नपाएको मालागेडी सामुदायिक होमस्टे ग्रामका अध्यक्ष परवीर पुनले बताउँछन्। यसबाट उच्च क्वालिटीको फरफ्युम, अगरबत्ती लगायतको बस्तु बन्ने उनले बताए। मालागेडीको संरक्षणका लागि आफूहरुले मालागेडी सामुदायिक होमस्टे ग्राम स्थापना गरेको उनको भनाइ छ।

    ‘यो लुरा प्रजातिको बनस्पति हो,’ उनले भने, ‘यसको रुख हुन्छ। एउटा रुखबाट वार्षिक ८० हजार रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ। तर, यसका लागि हामीले उचित मूल्य पाएका छैनौं। यो वनस्पतिको रुख रोपेको चार वर्षपछि उत्पादन दिन थाल्छ।’

    छिल्लीकोटमा रहेका करिब १०८ घरपरिवारले मालागेडी रोपेका छन्। एक घरपरिवारले करिब दुईदेखि तीन क्विन्टलसम्म बिक्री गर्ने गरेको स्थानीय भोजराज पुनले बताए। जसबाट वार्षिक करिब एक लाख रुपैयाँ आम्दानी गर्ने गरेको उनले बताए। मालागेडी गाउँकै व्यापारीलाई बिक्री गर्ने गरेको र गत वर्ष प्रतिक्विन्टल ३६ हजार रुपैयाँमा बिक्री भएको थियो।

    ‘सुरुमा प्रतिक्विन्टल ५÷६ हजार रुपैयाँ बिक्री गर्दै आएको थियौं,’ उनले भने, ‘गत वर्ष ३६ हजार रुपैयाँमा बिक्री भएको हो। अहिले मूल्य कति जाने हो थाहा छैन। ब्यापारीले नै आफैं मूल्य गरेर लग्छन्।’

    करिब तीन वर्षअघि वन कार्यालयले मालागेडीका विरुवा दिएको दिएको र त्यही गाउँका सबैले लगाएको समेत उनले बताए। यो फल भारतमा निर्यात हुने पुनले बताए। भारत पठाउँदा भन्सारमा प्रतिकिलो ७० रुपैयाँ राजस्व लाग्ने भएकाले पनि किसानले उचित मूल्य नपाएको उनको छ।

    गत वर्ष मात्र छिल्लीकोटबाट १०० कुइन्टल मालागेडी निकासी भएको थियो।

    त्यस क्षेत्रकै ओमप्रकाश पुनका अनुसार छिल्लीकोटको प्रमुख आर्थिक स्रोत मालागेडी हो। यहाँ उत्पादन भएको मालागेडी माघसम्म बिक्री गर्न मिल्ने बताए। छिल्लीकोटमा मालागेडी मात्र नभइ टिमुर, अदुवा खेतीका लागि पनि राम्रो ठाउँ मानिन्छ। 

    तुलसीपुर उपमहानगरपालिकाले किसानहरुले उत्पादन गरेको मालागेडीको बजारीकरणका लागि सहकारी संस्था निर्माण गर्न आग्रह गरेको छ। त्यसमा उपहानगरपालिकाले सहकार्य र सहयोग गर्ने बताएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]