खेलकुद

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको महिला टोली छनोट

पुस १०, २०७७

    बैतडी : प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली छनोट भएको छ। प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेको आधारमा टोलीको टुंगो लगाइएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ।

    छनोट हुने खेलाडीमा विन्दु रावल (कप्तान), रुवि पोदार (उपकप्तान), मञ्जु बोकटी (विकेटकिपर), रीतु कनौजिया, कविता जोशी, डली भट्ट, लक्ष्मी साउद, कविता कुँवर, दिव्या कार्की, सुनिता लुहार, दीपा जोरा, स्नेहा महरा, रेवती धामी र सम्झना खड्का रहेका छन्। यस्तै, मनिषा चौधरी, शोभा रोकाया, सुधा धामी र पवित्रा धामी बैकल्पिक खेलाडीका रुपमा छनोट भएको नेपाल क्रिकेट संघका सुदूरपश्चिम सचिव तेजप्रकाश भट्टले बताए।

    प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा पुस ११ देखि दाङको लमहीमा सुरु हुँदैछ। प्रतियोगितामा आठ टोली सहभागी हुने छन्। उकत टिमलाई दुई समूहमा विभाजना गरिएको छ। समूह ‘ए’मा विभागीय क्लब एपीएफ, प्रदेश २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन्। यसैगरी समूह ‘बी’मा सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ रहेका छन्।

    प्रतियोगिताको उदघाटन खेलमा लुम्बिनी र प्रदेश २ बीच प्रतिस्पर्धा हुँदैछ। पहिलो दिनको दोस्रो खेलमा एपीएफ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता पुस १९ सम्म सञ्चालन हुने क्यानले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]