राजनीति

प्रचण्ड–माधव समूहले आज माइतिघरमा प्रदर्शन गर्ने

पुस १०, २०७७

    काठमाडौं : आफू नेतृत्वको समूह नेकपामा वैधानिक भएको हस्ताक्षरसहित पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह आज निर्वाचन आयोग जाने भएको छ। 

    विहान साढे ९ बजे माइतीघर मण्डलामा पार्टीका केन्द्रीय सदस्य र सांसदहरु भेला भएर प्रदर्शनसहित निर्वाचन आयोगमा पुग्ने उक्त समूहको तयारी रहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। उनकाअनुसार प्रचण्ड–नेपाल पक्षले तीन सय भन्दा धेरै केन्द्रिय सदस्यको हस्ताक्षर आयोगमा बुझाउँदैछ। त्यस्तै आजै पार्टी अध्यक्षद्वयले दिउँसाे दुई बजे विशेष पत्रकार सम्मेलन गर्दैछन्। 

    गत मंगलबार बसेको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार वैधानिक नेकपा आफू रहेको जानकारी र  प्रमाण बुझाउन प्रचण्ड–नेपाल समूह आज आयोगमा जान लागेको हो। 

    नेकपाको आधिकारिक पार्टी हुन बहुमत सदस्य र ती सदस्यको विवरण, नागरिकतासहित सनाखत हुनुपर्ने प्रावधान छ। यसअघि सोमबार स्थायी समिति सदस्य लीलामणि पोखरेल र सुरेन्द्र पाण्डेले निर्वाचन आयोग पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाइएको र केन्द्रीय सदस्यको बहुमत प्रचण्ड–नेपालका पक्षमा रहेको जानकारी दिएका थिए।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मंगलबार केन्द्रीय सदस्यहरुको नाम थप गरेर निर्वाचन आयोगमा पत्र बुझाएको छ। नेकपामा दुई समूहबीच को वैधानिक भन्ने विषयमा विवाद भएपनि आयोगले आधिकारिकता दिन बाँकी छ। निर्वाचन आयोगबाट पार्टीको नाम, चुनाव चिन्ह बहुमत सदस्य भएको पक्षले पाउने व्यवस्था छ।
    औपचारिक रुपमा फुट्न लागेको सत्तारुढ नेकपाका ओली समूह र प्रचण्ड नेपाल समूहमा कसले सूर्य चिह्न पाउने भन्ने विवाद कायमै छ। उनीहरु आफूहरु नै  वैधानिक भएको भएको भन्दै दाबी गर्दै आएका छन्। निर्वाचन आयोगले केही दिनमै यसको टुंगो लगाउने जनाएको छ। 

    सरकाले प्रतिनिधिसभा विघटन गरेको  विरोधमा प्रचण्ड माधव समूहले आन्दोलनको घोषणा गरेको छ भने ओली समूह मध्यावधि निर्वाचन गर्न लागि परेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]