विश्व

दिल्लीमा ५१ लाख मानिसलाई पहिलो चरणमा खोप दिइने

पुस १०, २०७७

    काठमाडौं :  भारतको दिल्ली सरकारले पहिलो चरणमा कोरोनाविरुद्धको खोप प्राप्त गर्ने दिल्लीका ५१ लाख जनालाई छनोट गरेको छ। 

    केन्द्र सरकारले कुनै पनि खोपलाई अनुमति नदिए पनि दिल्ली सरकारले पहिलो चरणमा प्राथमिकताको आधारमा ५१ लाख मानिसको लिस्ट तयार गरेको हो। मुख्यमन्त्री अरविन्द केजरीवालले कुनै पनि खोपलाई अनुमति दिनासाथ केन्द्र सरकारको प्राथमिकताअनुसार दिल्लीमा खोप दिनुपर्ने व्यक्तिहरु छनोट गरिसकिएको बताएका छन्। 

    साथै दिल्ली सरकारले खोपको भण्डारण, खोपको सम्भावित असरको उपचारलगायतको समेत तयारी गरिसकेको छ। केजरीवालले केन्द्र सरकारले पहिलो चरणमा तीन किसिमका व्यक्तिलाई खोपका लागि प्राथमिकतामा राखेको बताए। स्वास्थ्यकर्मी, अग्रपंक्तिमा रहेर काम गरिरहेका अन्य व्यक्ति र ५० वर्षमाथिका व्यक्तिहरु गरी तीन किसिमका व्यक्तिको सम्पूर्ण विवरण दिल्ली सरकारले तयार गरेको छ। 

    जसका लागि त्यहाँ एक करोड दुई लाख डोज खोप आवश्यक पर्नेछ। दिल्ली सरकारले ७४ लाख डोज खोपको भण्डारणसमेत तयार गरिसकेको छ भने केही दिनभित्रै १ करोड १५ लाख डोजका लागि भण्डारण तयार हुँदैछ। 

    भारतमा विभिन्न विदेशी कम्पनीका कोरोना खोपहरुको उत्पादनसमेत भइरहेका छन् भने भारतले आफ्नै देशको खोप पनि उत्पादन गरेर परीक्षणको क्रममा छ। यी खोपहरुले अनुमति पाएकै दिनदेखि खोप लगाउन मिल्ने गरी दिल्ली सरकारले सम्पूर्ण तयारी पूरा गरेको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]