राजनीति

यी हुन् प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्ने प्रधानन्यायाधीशसहित पाँच श्रीमान

पुस १०, २०७७

    काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएका रिटहरुको आज संबैधानिक इजलासमा सुनुवाइ हुँदै छ।

    बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको एकल इजलासले संसद विघटनविरुद्धका सबै रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै सबै मुद्दालाई संबैधानिक इजलासमा पठाउने निर्णय गरेको थियो। 

    आजको संबैधानिक इजलासमा प्रधानन्याधिशसहित अन्य चार न्यायाधीश तोकिएका छन। संवैधानिक इजलासमा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन्।

    यस अघि बुधबार निवेदकहरुले संसद विघटनविरुद्धको रिटमा अन्तरिम आदेशको माग गरेपनि प्रधानन्यायाधीश राणाले अन्तरिम आदेश दिन अस्वीकार गरेका थिए।

    विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का चार सांसदहरु प्रमुख सचेतक देव गुरुङ, सांसद कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले रिट दर्ता गराएका छन्। 

    त्यस्तै यो बाहेक अन्य १२ रिट दायर भएका छन्। संसद विघटनविरुद्ध ११ रिट सोमबार दायर भएका हुन् भने मंगलबार २ रिट दायर भएका थिए। 

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार संसद् विघटन गरेर २०७८ सालको वैशाख १७ र २७ गते चुनाव गर्ने घोषणा गरिसकेकी छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]