राजनीति

बागमती प्रदेशका ३ मन्त्रीद्वारा राजीनामा, मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

पुस १०, २०७७

    काठमाडौं : बागमती प्रदेशको तीनजना मन्त्रीले राजीनामा दिएका छन्।​

    शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल तथा उधोग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएको कानुनमन्त्री जमकट्टेलले जानकारी दिए।

    उनका अनुसार प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गराइएको छ। अविश्वासको प्रस्तावमा ४५ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन्।

    पुस ५ गते संसद् विघटन भएपछि त्यसविरुद्ध नेकपामै दुई गुट देखिएका छन्। त्यसको असर केन्द्रदेखि प्रदेशसम्म पर्न थालेको छ। यता, प्रचण्ड-नेपाल पक्षले आज काठमाडौँको माइतीघरबाट आन्दोलन शुरु गरेको छ। नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल अमृत बोहोरा, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु प्रदर्शनमा सहभागी भएका छन्।

    प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय सदस्यहरु र निवर्तमान सांसदहरु माइतीघरको प्रदर्शनपछि आजै १२ बजे निर्वाचन आयोग जाने कार्यक्रम छ। निर्वाचन आयोग पुगेर आफू वैधानिक नेकपा भएको र आफूहरूसँग बहुमत रहेको प्रमाणित गर्ने मंगलबार र बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले आयोगमा जाने निर्णय गरेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]