काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज भेट गरेका छन्। आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा भएको स...
काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद छिट्टै समाधान हुने बताएका छन्। आफ्नो समूह नै वैधानिक रहेको र सूर्य चिन्ह दाबी गर्दै निर्वाचन आयोग पुगेको प्रचण्ड–नेपाल समूहको नेकपासँग छलफल गर्दै आयुक्त थपलियाले नेकपाको विवाद निरुपण सोचेको समयभन्दा छिट्टै हुने बताएका हुन्।
उनले ‘विवाद निरुपणको काम तोकेको समयभन्दा अगाडि नै हुन्छ,’ उनले भने, ‘कानुनको आधारमा न्यायोचित निर्णय आयोगले लिन्छ।’
माइतीघरबाट प्रचण्ड-नेपाल पक्षले आन्दोलन शुरु गरी नारा जुलुससहित निर्वाचन आयोग पुगेका हो। जुलुसमा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल अमृत बोहोरा, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु प्रदर्शनमा सहभागी थिए। आयोगभित्र भने शीर्ष नेताहरूलाई मात्र प्रवेश दिइएको छ।
त्यस्तै प्रचण्ड–नेपाल पक्षले आजै २ बजे कार्की बैङ्क्वेटमा पत्रकार सम्मेलनको समेत आयोजना गर्दै छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।