राजनीति

पत्रकार सम्मेलन गर्दै प्रचण्ड–माधव समूह

पुस १०, २०७७

    काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह) ले केन्द्रीय समितिको तेस्रो बैठकले गरेका निर्णय एवं आन्दोलनका कार्यक्रमका  बारेमा जानकारी गराउन आज दिउँसो दुई  बजे पत्रकार सम्मेलन गर्दै छ। बबरमहलको कार्की व्यांकेट बैठकस्थलबाट अध्यक्षद्वयका साथ वरिस्ठ नेताहरूको उपस्थितिमा  पत्रकार सम्मेलन गर्न लागेको हो। 

    पुस ५ गते संसद् विघटन भएपछि त्यसको विरोधमा सत्तारूढ नेकपा नै दुई ध्रुवमा विभाजन भइसकेको छ। एक समूहको नेतृत्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्वमा पुष्पकमल दाहाल र माधव नेपालले नेतृत्व गरेका छन्।

    यी दुवै समूहले आफू(आफूलाई नै वैधानिक नेकपा रहेको दाबी गर्दै आएका छन्। त्यसै क्रममा शुक्रबार पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्ष आफूहरूलाई आधिकारिकता दिन भन्दै नारा जुलुससहित निर्वाचन आयोग पुगेको छ। माइतीघरबाट प्रचण्ड-नेपाल पक्षले आन्दोलन शुरु गरी नारा जुलुससहित निर्वाचन आयोग पुगिसकेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]