राजनीति

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक,के के होलान् निर्णय?

फाइल तस्बिर
पुस १०, २०७७

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीका सञ्चार रामशरण बजगाईंका अनुसार साँझ ६ बजेको लागि मन्त्रिपरिषदको बैठक बोलाइएको हो। आजको मन्त्रिपरिषदको बैठकले मन्त्रिपरिषद विस्तार गर्ने बताइएको छ।  

    यसअघि गत आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो। भण्डारीले तत्काल उक्त सिफारिस स्वीकार गरी संसद् विघटन गरी मध्यावधि चुनावसमेत तोकेकी थिइन्। 

    प्रतिनिधिसभा विघटन भएसँगै प्रचण्ड–नेपाल पक्षका सात जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए। ओलीले आफ्नो समूहका केही सांसदलाई मन्त्री बनाउने तयारी गरेका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]