अर्थ

अबदेखि तरकारी बजारमा पनि क्युआर कोडबाट भुक्तानी

पुस १०, २०७७

    काठमाडाैं : नेपाल राष्ट्र बैंकले देशभरका तरकारी बजारमा क्युआर कोडमार्फत भुक्तानी गर्ने अभियानको सुरुवात गरेको छ।

    डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवर्द्धन गर्न राष्ट्र बैंकले देशभरका तरकारी बजारमा क्युआर कोडको प्रयोग गर्ने अभियान शुरु गरेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए।

    शुक्रबार काठमाडौंको नक्साल तरकारी बजारमा रहेका पसलहरुमा क्युआर कोडबाट भुत्तानीको सुरुवात गर्न आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले देशै भरका तरकारी बजारमा क्युआर कोडको प्रयोगलाई प्रोत्साहन गरिने बताएका हुन्।

    नगदको चलनचल्तीबाट कोभिड–१९ संक्रमण जोखिमको डर भएकोले क्युआर कोडबाट भुक्तानी गर्ने अभियान सञ्चालन गरिएको पनि उनले बताए। कोभिड–१९ संक्रमणको जोखिम बढेसँगै अहिले क्युआर कोडको प्रयोगकर्ताहरु मासिक रुपमा २० प्रतिशतले बढेको गभर्नर अधिकारीले बताए। 

    कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष समेत रहेका सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले क्युआर कोडबाट भुक्तानी गरी डिजिटल कारोबारलाई प्रोत्साहन गर्दा बैंकहरुको खर्च घट्ने बताए। ब्रिक बैंकिङको लागत क्लिक बैंकिङको भन्दा धेरै नै महँगो भएकाले बैंकहरुले क्युआर कोडबाट भुक्तानी बढाउन प्रोत्साहन गर्नुपर्ने दाहालले बताए। त्यसका लागि बैंकहरुले डिजिटल पूर्वाधार र सुरक्षामा अझ बढी लगानी बढाउनुपर्ने पनि सिइओ दाहालले बताए।

    नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले फलफूल तथा तरकारी खरिद गर्दा क्युआर कोडबाट बिल भुक्तानी गरी कार्यक्रमको थालनी गरेका हुन्। डिजिटल भुक्तानी प्रणालीलाई सहजीकरण गर्न सानिमा बैंकले नक्साल तरकारी बजारका बिक्रेताहरुलाई निःशुल्क क्युआर कोड वितरण गरेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]