काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले विद्युतीय सहुलियत घोषणा गर्ने तर प्राधिकरणलाई सहयोग नगर...
काठमाडौं : नेपाल चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनबीच दोस्रो नेपाल चेम्बर व्यावसायिक छात्रवृति सम्बन्धमा सम्झौता भएको छ।
शुक्रबार चेम्बर भवनमा आयोजित एक कार्यक्रममा चेम्बर र फाउण्डेसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।
सम्झौतापत्रमा नेपाल चेम्बर अफ कमर्सका तर्फबाट चेम्बरका सामाजिक तथा खेलकुद समितिका सभापति दीपककाजी तुलाधर र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनका तर्फबाट फाउण्डेसनका अध्यक्ष पंकज जालानले हस्ताक्षर गरे। उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले दोस्रो पटक शैंक्षिक छात्रवृति उपलब्ध गराएकोमा लर्ड बुद्ध एजुकेसन फाउण्डेसनलाई धन्यवाद दिए। अध्यक्ष श्रेष्ठले जिल्ला चेम्बर मार्फत विपन्न वर्गका प्रतिभाशाली विद्यार्थीहरु छनोट गरी छात्रवृति वितरण गरिने बताए।
समझदारी पत्रअनुसार कुल १ करोड १७ लाख ९५ हजार रुपैयाँ बराबरको उद्यमशिल छात्रवृत्ति अन्तरगत ४९ जना विद्यार्थीहरुलाई पूर्ण तथा आंशिक रुपमा शुल्क छुट गरिएको छ। जसमध्ये ७ जना महिलालाई पूर्ण रुपमा छुट प्राप्त हुनेछ। यसअन्तर्गत ब्याच्लर इन बिजनेस म्यानेजमेन्ट (इ–बिजनेस) मा अध्ययनको अवसर प्राप्त हुनेछ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।