दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान शहरमा सोमबार राति एउटा जहाज पुलसँग ठोक्किँदा चार जना बेपत्ता भएको शहरको आपत्कालीन व्यवस्थापन विभा...
काठमाडाैं : चर्चित भारतीय अभिनेता रजनीकान्तलाई अस्पतालमा भर्ना गरिएको छ।
रक्तचाप तीव्र रुपमा घटबढ भएपछि रजनीकान्तलाई हैदराबादको अपोलो अस्पतालमा भर्ना गरिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। सुटिङका क्रममा सँगै रहेका केही व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि रजनीकान्तले पनि परीक्षण गराएका थिए।
तर उनको रिपोर्ट भने नेगेटिभ आएको छ। तर ब्लडप्रेसर गम्भीर रुपमा अनियमित भएको अस्पतालले जनाएको छ। रजनीकान्त 'अन्नाथे' नामक चलचित्रको सुटिङका क्रममा विगत १० दिनदेखि हैदराबादमै छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।