राजनीति

संसद विघटनविरुद्ध जनमोर्चा पनि सडक आन्दोलनमा उत्रिने

पुस १०, २०७७

    काठमाडाैं : राष्ट्रिय जनमोर्चाले पनि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिको कदमविरुद्ध देशव्यापी संघर्ष गर्ने निर्णय गरेको छ। आज बेसको केन्द्रीय बैठकले यस्तो निर्णय गरेको हो। 

    मुख्यतः विघटित प्रतिनिधि सभाको पुनःस्थापनाको माग जनमोर्चाले गरेको छ। गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा, संघीयता र भ्रष्टाचारको विरोध तथा अन्य जनजीवनसँग सम्बन्धित विभिन्न विषयहरुमा पनि संघर्षमा जोड दिइने बैठकले निर्णय गरेको छ।

    संसद विघटनविरुद्ध राजावादीबाहेक यसमा सहमति हुने राजनीतिक दल र संगठनहरुको स्तरमा पनि संयुक्त कार्यक्रम संचालन गर्न प्रयत्न गरिने बैठकले निर्णय गरेको छ।

    जसअनुसार पुस १९ गतेसम्म संघर्षको तयारीको लागि प्रचारात्मक कार्यक्रमहरु गर्ने। त्यसक्रममा विभिन्न पार्टी समितिहरुको बैठक बस्ने, प्रदेशस्तरमा अनलाइन कार्यशाला गोष्ठीहरु गर्ने, अपिल प्रकाशन र वितरण गर्ने तथा अन्य पक्षहरुसँग संयुक्त कार्यक्रमहरु गर्न पहलकदमी गरिने जनमोर्चाले जनाएको छ। 

    त्यसैगरी पुस २० गते सबै जिल्लामा जिल्लास्तरीय संघर्षका कार्यक्रम आयोजना गर्ने भनिएको छ। सभा, जुलुस, कोणसभा, माटरसाइकल र्‍याली, पर्चा वितरण, मशाल जुलुस इत्यादि गर्न सकिनेछ जनाइएको छ। 

    साथै पुस २० गतेपछि माघ मसान्तसम्म पालिका र वडा तहमा बढी प्रचारात्मक र संघर्षका कार्यक्रमहरु संचालन गरिने पनि आजको बैठकले निर्णय गरेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]