समाज

रहेनन् पुराना वामपन्थी नेता स्वनाम साथी

पुस १०, २०७७

    काठमाडाैं : पुराना वामपन्थी चिन्तक तथा नेता स्वनाम साथीको निधन भएको छ। आज राति ९ बजे उनको निधन भएको हो। 

    कोरोना संक्रमण भएपछि उनलाई असोजमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा भर्ना गरिएको थियो। फेरि उनको स्वास्थ्यमा समस्या आएपछि कोठमाडौंस्थित मोडल हस्पिटलको आइसियुमा राखिएको थियो। उनको त्यहीँ प्राण गएको हो। कोरोना संक्रमणमुक्त भए पनि उनमा बारम्बार निमोनियाको समस्या देखिएको थियो। उनका दुवै मिर्गाैला फेरिएका थिए।

    बुढेसकालमा किरण गौतमसँग विवाह गरेका उनका सन्तान छैनन्।  म्याग्दीको अर्मनमा १७ साउन २००७ मा उनको जन्म भएको थियो। 

    २०३५ सालतिर खगेन्द्र संग्रौलासँग मिलेर सर्वहारा कम्युनिस्ट लिग खोलेका यिनले पछि रूपलाल विश्वकर्माको मजदुर किसान संगठनसँग पार्टी एकता गरेका थिए। त्यसपछि संग्रौला अलग्गिएका थिए। उनी भने एकता केन्द्र मसाल हुँदै माओवादी केन्द्रमा संगठित भएका थिए। एक आदर्श व्यक्तिका रूपमा परिचित स्वनाम पछिल्लो समय रोगले थलिएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]