काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ। गएराति सम्पन्न खेलमा च...
काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आज दाङमा सुरु हुँदैछ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता हुने भएको हो। लुम्बिनी प्रदेशको प्रतिष्ठासँग जोडिएर हेरिएको प्रतियोगिताको तयारी पूरा भएको लुम्बिनी प्रदेश क्रिकेट संघले जानकारी गराएको छ।
प्रतियोगितामा सात प्रादेशिक टोलीसँगै विभागीय टोली एपिएफको सहभागिता रहने छ। जसलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा एपिएफ, प्रदेश २, कर्णाली र लुम्बिनी प्रदेश छन् भने समूह ‘बी’मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश १ रहेको छ।
उदघाटन खेलमा बिहान साढे ९ बजे लुम्बिनीले प्रदेश २ को सामना गर्नेछ। समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलका दुवै खेल १७ गते हुनेछन् भने प्रतियोगिताको फाइनल खेल १९ गते हुनेछ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।