समाज

गुल्मीमा कोरोनाका कारण बन्द हाटबजार खुल्यो

पुस ११, २०७७

    गुल्मी : कोरोना महामारीका कारण बन्द रहेको रेसुंगा नगरपालिकाद्वारा संचालित हाट बजार संचालनमा आएको छ।

    महामारीमा हाट बजार संचालन गर्दा भीडभाड हुने र संक्रमण फैलिनसक्ने भन्दै हाट बजार बन्द गरिएको थियो। अहिले स्वास्थ्य मापदण्डलाई पालना गर्दै हाटबजार संचालनमा ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जनाकारी दिए।

    नगरपालिकाले कृषकले उत्पादन गरेका तरकारीलाई खेत बारीमै गई खरिद गरिदिने गरेको छ। हाटबजारमा ताजा तरकारी सस्तो मूल्यमा पाइने गरेको स्थानीयहरूले बताएका छन्। कृषकको खेत बारीमै गएर तरकारी खरिद गरिदिँदा कृषकहरू विचौलियाको मारमा पर्नुपर्ने अवस्थाको अन्त्य भएको नगरपालिकाले जनाएको छ। 

    यता जिल्लाको मालिका गाउँपालिकाले पनि पालिकाभित्र घुम्ती हाटबजार संचालनमा ल्याएको छ। कृषकले उत्पादन गरेका कृषि उपजहरूलाई घुम्ती हाटबजारको माध्यमबाट बिक्री बितरण गर्ने व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए।

    कृषकहरूलाई व्यवसायिक बनाउनका लागि र किनेर खानुपर्छ भन्ने धारण बनाउनका लागि घुम्ती हाटबजार संचालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]