समाज

पाथीभरा क्षेत्रको जंगलमा भीषण डढेलो

पुस ११, २०७७

    ताप्लेजुङ : प्रसिद्ध तीर्थस्थल पाथीभर मन्दिर नजिकैको जंगलमा भीषण डढेलो लागेको छ। फावाखोलाको सिम्बु सामुदायिक वनमा तीन दिनदेखि डढेलो लागेको स्थानीय कमल विष्टले जानकारी दिए।

    डढेलो ठूलो भएकाले नियन्त्रणमा लिन सक्ने अवस्था नरहेको विष्टले बताए। उक्त क्षेत्रमा पानीको पनि अभाव भएको र जंगलमा गभ्रे सल्ला भएकाले पनि डढेलो नियन्त्रणबाहिर रहेको छ। अहिले हावा जोडले चल्न थालेकाले आगो झनै दन्किरहेको विष्टले बताए। उनका अनुसार आगो तत्काल नियन्त्रणमा लिन नसके मन्दिरसम्मै पुग्ने सम्भावना छ।

    आगोले ठूलो फेदी बस्तीमा ल्याएको खानेपानीको पाइप डढेपछि पानी अवरुद्ध भएको छ। ताप्लेजुङ सदरमुकाम फुङलिङबाट समेत उक्त स्थानमा धुवाँको मुस्लोसहित आगो देखिन्छ। यो क्षेत्र लोपुन्मुख रेडपाण्डाको वासस्थान भएको क्षेत्र हो। डढेलो नियन्त्रणका लागि सदरमुकाम फुङलिङबाट नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली प्रस्थान गरेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]